पाँच पटक मन्त्री बनेका यि सांसदले भगवान कृष्णको अनुसरण गरेर भित्र्याए ५८ श्रीमती
द्वापर युगमा भगवान कृष्णले १६०८ गोपिनीसंग सम्बन्ध गासेका थिए भन्ने कुरा हामीले कैयौ धार्मिक ग्रन्थमा सुन्दै , पढ्दै आएका छौ । तर कलियुगमा पनि भगवान कृष्णले झै आम मानिसले टन्न श्रीमती भित्राउलान त ? तर यस्तै एक घटना सार्वजनिक भएको छ । एक सांसदले ५८ वटी श्रीमती भित्र्याए भन्ने कुरा विश्वास गर्न नसकिएला तर बागुन सुम्ब्रुइ नामक ए सांसदले अन्य मन्त्री तथा सांसदले गरेको भन्दा भिन्न काम गरेर निकै चर्चा कमाइरहेका छन् । ५ पटक सम्म मन्त्री भएका बागुनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्र्याएका छन् ।श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे । गर्मी होस् वा ठण्डी जिउमा केवल धोती मात्रै लगाउँदथे ।
उनले यती श्रीमती भित्र्याए कि उनलाई सबै श्रीमतिको नामसम्म याद थिएन । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको जून २२ मा मृत्यु भएको छ । उनका अनुसार , भगवान श्रीकृष्णको प्रेरणाले उनले ५ दर्जन ‘गोपिनी’ भित्राएका हुन् । तर कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको दाबी उनको थियो । उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे । आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ छ । त्यसरी सहारा दिएका कतिपय महिला उनीसँग जजीवनभर पत्नी बनेर बसे त कतिपय महिलाहरु मन मिल्ने अर्को पुरुष भेटेर पोइल पनि गए । जीवनमा धेरै महिला आए र गए पनि ।
August 4, 2018 1:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन