एक मात्र अर्धविराम प्रयोग नहुँदा ५५ करोड तिर्न बाध्य !
काठमाडौं । तपाईले भाषिक शुद्धतामा कत्तिको ख्याल गर्नुहुन्छ ? कतै अनावश्यक रुपमा अर्धविराम, ड्यास वा पूर्णविराम दिने बानी त छैन ? त्यस्ता चिन्हहरु प्रयोग हुने ठाउँमा पनि वेवास्ता गर्नुहुन्छ की ? यदि यस्तो बानी छ भने ख्याल गर्नुहोस्, करोडौंको जरिवाना तिर्नुपर्ने हुन सक्छ । यस्तै अनावश्यक अर्धविराम प्रयोग गरेकै कारण अमेरिकाको एक डेरी कम्पनीले करोडौंको जरिवाना तिर्नु परेको छ ।
कुरा हो, अमेरिकाको पोर्टल्याण्ड सहरको । त्यहाँ स्थित एउटा डेरी कम्पनीले एक मात्र कमा वा अर्धविराम छुटाएका कारण ५ मिलियन डलर अथार्त हालको झण्डै ५५ करोड रुपैयाँ जरिवाना तिर्न बाध्य भएको छ । पोर्टल्याण्ड स्थित ओखरेस्ट डेरीका तीन जना गाडी चालकहरुले वर्षौंसम्म बेतवली ओभरटाईम काम गरेको दाबी गरेका छन् । यसको कारण भने आफूले प्रयोग गरेको अनावश्यक अर्धविराम भएको उनीहरुको भनाई छ ।
आफ्नो गल्ती स्विकार गर्दै उनीहरुले आफ्नो ओभर टाईमको सबै पारिश्रमिक नलिन राजी भएका हुन् । किनकी उनीहरुले ‘ढुवानी’ को पछाडी र ‘वा वितरण’ को अगाडी अर्धविराम प्रयोग गर्न छुटाएका थिए । यदि त्यसो नभएको भए अन्य अवस्थामा कानुनले वितरकलाई नै समात्ने कानुनज्ञाताहरुले बताएका छन् ।
एउटा अस्पष्ट भएको कुरा के भने अमेरिकी न्यायलयहरुले सो कम्पनीका १ सय २० कामदारको पक्षमा फैसला गरेका थिए । कम्पनीको विरुद्धमा वकालत गरिरहेका वकिल डेबर्ट वेबबर्डका अनुसार उनीहरुले ‘हाम्रो जहाज सवार हुनेछ’ भन्ने क्लजमा अर्धविरामको प्रयोग गरेका थिएनन् । यो एक सानो गल्ती जस्तो देखिए पनि यसले गलत अर्थ लाग्ने र यसको परिणाम पनि भयानक हुन सक्ने उनको बुझाई छ ।
एक म्यानुअल लेखक केन एडम्स्ले सबै विरामहरुको समान अर्थ नहुने बताए । एउटा ड्यास मात्रको पनि भिन्न भिन्न अर्थ लाग्ने उनले बताए । उनका अनुसार छोटो ड्यास र लामो ड्यासको पनि अर्थ फरक फरक हुने गर्छ ।अंग्रेजीमा अर्धविराम वा अल्पविरामको ठूलो महत्व हुने गर्छ । अमेरिकमा सन् १८७० मा नै यस सम्बन्धी कानुन आईसकेको छ । नेपालमा भने यस्ता कुरा कानुनी तह सम्म पुग्न त अझै वर्र्षौं लाग्ने देखिन्छ यद्यपी हामी आफू भने भाषिक शुद्धतामा सचेत भएको राम्रो !
August 4, 2018 2:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन