सर्वोच्चमा बढ्यो अन्योलता, जोशीको हैसियत अब के रहने ?
काठमाडौं, १९ साउन । संसदीय सुनुवाईमा प्रस्तावित प्रधानन्यायाधिश दिपकराज जोशीलाई दुई तिहाई बहुमतले अस्वीकृत गरेपछि सर्वोच्च अन्योलमा परेको देखिएको छ ।यतिवेला प्रधानन्यायाधिशमा अर्को योग्य व्याक्ति को हुन सक्छ भन्ने प्रश्न एकातिर हुँदा अर्कातिर सोही पदमा अस्वीकृत जोशीको सर्वोच्चमा हैसियत के हुने भन्ने विषय पनि गम्भिर भएको छ । जोशीले भने आफूले नै सर्वोच्चको पेशी तोक्ने बताउँदै आएका छन् ।
नैतिक जिम्मेवारी बहन गर्दै जोशीले अब राजिनामा दिनुपर्छ भन्ने बहस एकातिर भईरहेको छ भने अर्कोतर्फ उनी प्रध्यानन्यायाधिशमा मात्र अस्विकृत भएको तर न्यायलयमा बस्नै नहुने गरी अस्वीकृत भएको भने नभएको बताईन्छ । यस्तोमा अब कति दिन फेरि सर्वोच्च प्रमुख विहिन हुने हो त्यो अनिश्चित प्राय छ ।
जोशीको अबको यात्राका बारेमा कानुनी जटिलता समेत थपिएको छ । संविधानको धारा १ सय २९ को उपधारा ६ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्नेछन् भन्ने व्यवस्था गरेको छ । यस्तोमा जोशीलाई कामु भएर काम गर्न कुनै बाधा नभएको सर्वोच्च उच्च स्रोतको दाबी छ । तर नैतिकताकै आधारमा जोशीले राजिनामा दिनुपर्ने पूर्वप्रधानन्यायाधिशहरुको सुझाव छ ।
दलहरुले जोशीलाई हटाउने काम त सहजै गरेका छन् तर निकासको बाटोमा भने दलहरु सफल नभएको कतिपयको विश्लेषण छ ।तर कामयमुकायम कै हैसियतमा जोशी रहिरहने हो भने अब महाअभियोग लगाएर उनलाई पाखा लगाउने दाउमा नेकपा रहेको छ । नेकपाका कतिपय नेताहरुले जोशीले राजिनामा दिएर बाटो खुलाउन समेत आग्रह गरेका छन् ।
August 4, 2018 3:00 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।