Saturday 13th September 2025

सर्वोच्चमा बढ्यो अन्योलता, जोशीको हैसियत अब के रहने ?

7 years अगाडी

काठमाडौं, १९ साउन । संसदीय सुनुवाईमा प्रस्तावित प्रधानन्यायाधिश दिपकराज जोशीलाई दुई तिहाई बहुमतले अस्वीकृत गरेपछि सर्वोच्च अन्योलमा परेको देखिएको छ ।यतिवेला प्रधानन्यायाधिशमा अर्को योग्य व्याक्ति को हुन सक्छ भन्ने प्रश्न एकातिर हुँदा अर्कातिर सोही पदमा अस्वीकृत जोशीको सर्वोच्चमा हैसियत के हुने भन्ने विषय पनि गम्भिर भएको छ । जोशीले भने आफूले नै सर्वोच्चको पेशी तोक्ने बताउँदै आएका छन् ।

नैतिक जिम्मेवारी बहन गर्दै जोशीले अब राजिनामा दिनुपर्छ भन्ने बहस एकातिर भईरहेको छ भने अर्कोतर्फ उनी प्रध्यानन्यायाधिशमा मात्र अस्विकृत भएको तर न्यायलयमा बस्नै नहुने गरी अस्वीकृत भएको भने नभएको बताईन्छ । यस्तोमा अब कति दिन फेरि सर्वोच्च प्रमुख विहिन हुने हो त्यो अनिश्चित प्राय छ ।

जोशीको अबको यात्राका बारेमा कानुनी जटिलता समेत थपिएको छ । संविधानको धारा १ सय २९ को उपधारा ६ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्नेछन् भन्ने व्यवस्था गरेको छ । यस्तोमा जोशीलाई कामु भएर काम गर्न कुनै बाधा नभएको सर्वोच्च उच्च स्रोतको दाबी छ । तर नैतिकताकै आधारमा जोशीले राजिनामा दिनुपर्ने पूर्वप्रधानन्यायाधिशहरुको सुझाव छ ।

दलहरुले जोशीलाई हटाउने काम त सहजै गरेका छन् तर निकासको बाटोमा भने दलहरु सफल नभएको कतिपयको विश्लेषण छ ।तर कामयमुकायम कै हैसियतमा जोशी रहिरहने हो भने अब महाअभियोग लगाएर उनलाई पाखा लगाउने दाउमा नेकपा रहेको छ । नेकपाका कतिपय नेताहरुले जोशीले राजिनामा दिएर बाटो खुलाउन समेत आग्रह गरेका छन् ।

          August 4, 2018 3:00 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...