विश्वभरका ०.०७१ प्रतिशत पर्यटक मात्र नेपाल आउँछन्
काठमाडौं । विश्वमा पर्यटनमा निस्किने कुल पर्यटकको ०.०७१ प्रतिशत पर्यटक मात्र नेपाल आउने एक तथ्यांकले देखाएको छ । विश्वमा १ अर्ब ३२ करोड पर्यटक वार्षिक घुमफिरमा निस्किने गरेका छन् । त्यसमध्ये नेपालमा ९ लाख ४० हजार पर्यटक मात्र नेपाल आउँछन् । १ अर्ब ३२ करोडको ९ लाख ४० हजार ०.०७१ प्रतिशत हो । पर्यटनमा हरेकवर्ष बृद्धि दर ७ प्रतिशत रहेको छ । भ्रमणमा निष्किनेमध्ये सबैभन्दा धेरै युरोपियन छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार ६७ करोड युरोपियन वार्षिक भ्रमणका लागि निस्कन्छन् । एशिया÷प्रशान्त क्षेत्रमा ३२ करोड, उत्तर तथा दक्षिण कोरियाका २० करोड व्यक्ति पर्यटनका लागि देश छोड्दा ६ करोड अफ्रिकी घुमफिरका लागि देश छोडेर बाहिर जान्छन् ।
सन् २०१७ मा १ अर्ब ३२ करोड व्यक्ति पर्यटनका लागि निस्किँदा जीडीपीमा यसको योगदान १०.५ प्रतिशत रह्यो भने रोजगार क्षेत्रमा पनि १० प्रतिशत योगदान रह्यो । ०१७ मा १ अर्ब ३२ करोड व्यक्ति पर्यटनका लागि निस्किँदा ८ करोड ९० लाख पर्यटक फ्रान्स पुगे । जसको ७८ प्रतिशत पर्यटक युरोपियन थिए । फ्रान्सपछि ८ करोड १७ लाख पर्यटकले स्पेन भ्रमण गरे । जसमा ८२ प्रतिशत युरोपबाट गएका पाइएको छ । फ्रान्स र स्पेन पछि क्रमशः अमेरिका र चीन सबैभन्दा धेरै पर्यटक भित्र्याउने मुलुकमा परेका छन् । यी दुई राष्ट्रले क्रमशः ७ करोड ५० लाख र ५ करोड ६० लाख पर्यटक भित्र्याउन सफल भए । पाचौँ स्थानमा परेको इटालीमा ४ करोड ८६ लाख पर्यटक पुगे । यता, सर्वोच्च शिखर सगरमाथा रहेको नेपालमा भने ०१७ मा ९ लाख ४० हजार पर्यटक नेपाल आएका थिए । यो सन् ०१६ को आंकडाका आधारमा २५प्रतिशतको आगमन बृद्धिदर थियो ।
औषतमा नेपाल आउने पर्यटकको बसाई १२.६ दिन हुन्छ भने दैनिक ५४ अमेरिकी डलर खर्च गर्ने गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले बताए । नेपालमा पर्यटनको जीडीपीका २.८ प्रतिशत योगदान रहेको छ भने रोजगारीमा ३.२ प्रतिशत योगदान रहेको छ । सन् २०१८ को पहिलो ६ महिनामा ५ लाख २० हजार १४ जना वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय पर्यटक नेपाल भित्रिएका थिए । नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड््ययन मन्त्रालय रणनीतिक योजना बनाएर अगाडि बढिरहेको छ । पर्यटनका लागि आवश्यक पूर्वाधारको स्तरोन्नती देखि निजी क्षेत्रसँगको सहकार्यसम्म छन् । विमानस्थलको स्तरोन्नती, क्षमता बिस्तार, पर्यटकलाई छिटो छरितो सेवा विस्तारदेखिसम्म मन्त्रालयले आफ्नो कार्ययोजनामा राखेको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटनका लागि उपयुक्त गन्तब्य रहेको प्रचारका लागि विदेशी भाषामा वेबसाइट निर्माण गरेर नेपालबारे जानकारी दिने, भिडियो सामग्री बनाएर नेपाल पर्यटनका लागि सुरक्षित र उपयुक्त रहेको जानकारी दिने योजनामा छ । चीन, भारत तथा युरोप र अमेरिकामा नेपालको पर्यटन प्रबद्र्धनका लागि विभिन्न माध्यमबाट जानकारी दिइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।
August 5, 2018 11:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने