पागल झै बालुवा खोतलिरहेकी थिइन् एक महिला, नजिकै गएर हेर्दा सबै भए भावुक
यतिबेला एक दर्दनाक घटना सामाजिक संजालमा भाइरल बनेको छ। घटना अमेरिकाको क्यालिफोर्नियास्थित समुन्द्र किनामा भएको हो । क्यालिफोर्नियाको न्युपोर्ट बीच घुम्न आएका तिन जना युवकले एकजना महिलाले पागल भए जस्तै गरि बालुवा खोतलेको देखेपछि उनीहरु अचम्म मान्दै ति महिला भएको ठाउँमा पुगे । त्यहाँ पुगेर ति महिलालाई बालुवा खन्नुको कारण सोधेपछि महिलाले रुदै आफ्नो २ वर्षको छोरा बेपत्ता भएको जानकारी दिईन।
ति महिलाका अनुसार उनको छोरा केहि समय सम्म त्यही उभिएको थियो, तर एकैछिनमा आफ्नो छोरा बेपत्ता भएपछि उनले चिच्याउदै बालुवा खोतल्न थालिन्। उनले आफ्नो छोरा बालुवाको खाल्डोमा पुरिएको शंका गरिन। ति महिलाको कुरा सुनेर तिन युवक स्टुआर्ट फ्रस्ट, उनका जुम्ल्याहा भाइ स्टीभ र भान्जा जेसी मार्टिनले पनि बालुवा खोतल्न थाले। केहि समयपछि त्यहा उद्धार टोली सहित अरु घुम्न मान्छेहरु पनि आएर उनीहरुलाई सहयोग गरे। केहि समय बालुवा खनेर उक्त बालकलाई सकुशल बाहिर निकाएपछि त्यहाँ आएका सबै मानिसको आखा रसायो। स्टुआर्टले यो घटना सामाजिक संजालमा फेसबुकमा शेयर गर्दै ‘कसैको मद्दत गर्न केहि कुरा सोचिरहनु पर्दैन ।’ भनेर लेखेका छन्
June 9, 2018 11:19 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन