कलाकार प्रधानमन्त्री : मेकअप गर्दा पनि सहज छन्
काठमाडौं, २० साउन । बुझ्नेलाई सजिलो, नबझ्नेलाई कडा, धेरै बुझ्नेलाई व्यंग्यको ‘इनसाइक्लोपेडीया’ हुन् प्रधानमन्त्री केपी शर्मा ओली ।नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष ओली कलाकारिताका लागि पनि त्यतिकै सहज छन् । कुनै सुुुटिङ गर्नुपरेको खण्डमा त्यसका लागि आवश्यक हरेक काममा सहजता देखाउँछन् । तस्बिरमा मेकअप गरिरहेका प्रधानमन्त्री ओली ‘जनतासँग प्रधानमन्त्री’का लागि तयार हुँदैछन् । र, उनलाई मेकअप गरिरहेका छन् विनोद लामाले । गएको महिनादेखि सुरु भएको कार्यक्रमको ‘सुटिङ’पूर्व प्रधानमन्त्री ओलीलाई क्यामेरा र लाइटमा राख्नुअघि मेकअप गरिएको हो ।
‘कार्यक्रममा उहाँको अनुहारलाई अझ तेजिलो, लाइटमैत्री र राम्रो देखाउनका लागि मेकअप गरिन्छ’, कार्यक्रम निर्माण समुहका एकले भने,‘अन्य कार्यक्रममा पनि यसरी मेकअप गर्ने चलन छ ।’त्यसो त प्रधानमन्त्री हुनुपूर्व नै ओली मेकअप, क्यामेराको टेक र अभिनयका लागि प्रख्यात थिए । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव पूर्व तत्कालिन नेकपा एमालेको भिडियो प्रचार सामग्रीका लागि पनि उनले अभिनय गरेका थिए । त्यसबेला उनको निवास बालकोटमा पुगेर भिडियो सुटिङ गरेका निर्देशक भानु प्रतापले भने,‘उहाँ जस्तो सजिलो मान्छे त को होला र ? नेतामा नेता, सहजतामा सहजता । अभिनयका लागि पनि त्यतिकै सहज हुनुहुन्छ ।’
ओलीले त्यसबेला एकाध ‘टेक’ खाए । तर अन्य कलाकार भन्दा सहज हिसाबले भिडियोमा उनको अभिनय देखियो । त्यसबेला पनि उनलाई सिंगारेर उतारिएको थियो ।धेरै विधामा ज्ञान राख्ने प्रधानमन्त्रीको यसै पनि कलाकारिता तिर खुबी छ । उनले नेपालमा फिल्म एकेडेमीको परिकल्पना गर्नुको कारण उनी कलाकारितालाई माया गर्छन् भन्ने पनि हो । धेरैलाई थाहा नहुन सक्छ, प्रधानमन्त्री ओली कुशल गिटारिस्ट पनि हुन् । यसकारण उनी क्यामेरामैत्री पनि छन् ।
August 5, 2018 4:53 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने