संसारकै दोस्रो ठूलो स्टेडियममा खेल्ने,वन डे सिरिज खेल्न भारतले नेपाललाई पठायो निम्तो
काठमाडौं। भारतको राष्ट्रिय क्रिकेट बोर्ड बीसीसीआइले नेपाली यु–१९ क्रिकेट टोलीलाई वन डे सिरिजको लागि निम्तो पठाएको छ । यो सिरिजमा नेपालले भारत, अफगानिस्तान र भारतकै नेशनल क्रिकेट एकेडेमीविरुद्ध खेल्नेछ । सिरिज सेप्टेम्बर १२ मा सुरु भइ सेप्टेम्बर १८ मा सकिनेछ । सिरिजमा कूल ८ खेल हुनेछन् । यो सिरिजमा नेपालले संसारकै दोस्रो ठूलो स्टेडियम इडन गार्डेन्समा भारतविरुद्ध खेल्नेछ । इडेन संसारकै दोस्रो ठूलो र भारतको सबैभन्दा ठूलो स्टेडियम हो यहाँ ६८ हजार दर्शक अटाउने क्षमता छ । संसारकै ठूलो क्रिकेट स्टेडियम भने अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसिजी) हो । यहाँ १ लाख दर्शक अटाउँछन् । इडेनमा नेपालले भारतविरुद्ध सेप्टेम्बर १४ मा खेल्नेछ ।
सिरिजको पहिलो खेल सेप्टेम्बर १२ मा इडेन गार्डेन्समा भारतविरुद्ध अफगानिस्तान हुनेछ । यसैगरी सेप्टेम्बर १२ मै जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध नेपाल खेल्नेछ । सेप्टेम्बर १४ मा इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, तथा जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध अफगानिस्तानको खेल हुनेछ । सेप्टेम्बर १६ मा इडेन गार्डेन्समा भारतविरुद्ध एनसीए र जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपाल खेल्नेछन् । सेप्टेम्बर १८ मा इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टिमबीच फाइनल खेल हुनेछ भने जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टिमबीच प्ले अफ हुनेछ । नेपालको अण्डर १९ टोलीका केही खेलाडी सिनियर राष्ट्रिय टोलीमा पनि छन् । यी खेलाडीलाई अण्डर १९ मा खेलाउने वा नखेलाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । अहिले राष्ट्रिय टोलीबाट नेदरल्याण्डमा वन डे खेलेका सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेल उमेरका हिसाबले अण्डर १९ टोलीमा खेल्न पाउँछन् । यद्यपि सिनियर टोलीमा पुगिसकेका खेलाडीलाई अण्डर १९ नखेलाउने सोच बनाइएको प्रशिक्षक विनोद दासले बताए ।
सिनियर टिमको समय तालिका र अन्य सिरिजका हिसाबले पनि यी खेलाडी अण्डर १९ टिममा खेल्ने सम्भावना निकै कम छ । किनकि २९ अगष्टदेखि ४ सेप्टेम्बरसम्म नेपाली सिनियर राष्ट्रिय टोलीले एसिया कप छनोट खेल्नुपर्नेछ । एसिया कप छनोट खेलेको एक सातामै यी खेलाडी अण्डर १९ टोलीमा सामेल हुन गाह्रो हुन्छ । त्यसकारण यी खेलाडी सिनियर टोलीसँग प्रशिक्षणमा रहनुपर्नेछ । त्यसबाहेक अण्डर १९ सिरिज हुने भनिएको समयमा क्यारेबियन प्रिमिगर लिगको शीर्ष ४ टोलीको क्वालिफायर र इलिमिनेटर खेल हुने निर्धारित तालिका छ । सन्दिप लामिछाने यो लिग खेल्ने टोलीमा भएकोले उनको टोली शीर्ष ४ मा परेमा उनी उता खेल्न जाने सम्भावना बलियो छ ।
August 7, 2018 2:52 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन