यस्ता रोग भएका व्यक्तिले भुलेर पनि नपिउनुहोस ग्रिन टी
ग्रिन टीका बारेमा बजारमा विभिन्न हल्ला छन् । ग्रिन टी आफैँमा स्वस्थकर मानिन्छ । यद्यपि, कतिपय मानिसले भने ग्रिन टीको प्रयोग गर्नुहुँदैन वा भनौँ अवस्था हेरी पिउनुपर्छ । ग्रिन टी कसले पिउने र कसले नपिउने त रु शीतल घिमिरेले बताएका छन् :
जसले पिउनुहुँदैन
न्यून रक्तचाप भएका मानिसले खाली पेटमा पिउनुहुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने पिउन सकिन्छ ।
महिनावारी भएको तीन दिनसम्म ग्रिन टीको प्रयोग गर्नुहुँदैन ।गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नुहुँदैन । यसबीचको अवधिमा दिनमा दुई कपसम्म पिउन सकिन्छ ।स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।केमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नुहुँदैन ।हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।नयाँ पत्रिकामा खबर छ ।
फाइदै फाइदा
खराब कोलेस्ट्रोल, ट्रेग्लिसेक्राइट्स, युरिक एसिड, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ ।रक्तकोषिका स्वस्थ राख्नुका साथै हृदय र मस्तिष्कघातको सम्भावनालाई कम गर्छ ।रगतमा भएका अनावश्यक ग्लुकोजको मात्रा घटाउँछ । अम्लीयतालाई घटाएर प्यानक्रियाजलाई स्वस्थ राख्नुका साथै मधुमेह पनि नियन्त्रण गर्छ ।ग्रिन टीले रोगप्रतिरोधी क्षमतालाई पनि बढाउन मद्दत गर्छ ।यसले विभिन्न अंगमा हुने क्यान्सरको सम्भावनालाई पनि घटाउँछ ।पेटसम्बन्धी सम्पूर्ण रोगलाई निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।मोटोपना, पार्किन्सन, आर्थराइटिस, रुमाइटिज्म, बाथजस्ता समस्यालाई पनि धेरै हदसम्म नियन्त्रण गर्छ ।ग्रिन टीको मद्दतले स्मरणशक्ति पनि सशक्त हुने गर्छ । त्यस्तै आँखा, छाला, रक्तकोषिकाको संरक्षण गर्नमा पनि यसले भूमिका खेल्छ ।कलेजो, फोक्सो, किड्नी, मुटु, दाँत, गिजा, हड्डी संरक्षणमा पनि ग्रिन टीको ठूलो भूमिका हुन्छ ।यसले धूम्रपान, मद्यपान, लागुपदार्थ, रासायनिक पदार्थ, धातुको असरलाई कम गर्न एन्टिबायोटिक औषधिकै काम गर्छ ।ग्रिन टीले मृत रक्तकोषिका, फ्री (याडिकल्सलगायतका विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने