मोडल सन्जिब ठकुरी र अनु शाह “नाचौ घुमी घुमी” भन्दै यसरी नाचे यसपालीको तिजमा (भिडियो सहित)
राजु बोहरा/काठमाडौँ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाई लक्षित गर्दै बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् । तर यसरी बजारमा आइरहेका तीज गीतहरु पनि आफ्नै कला संस्कृति र मौलिकता बाट केहि बाहिर गएर तयार भए कि भन्ने गुनासो बेला बखत आउने गर्दछन् । यसरी आइरहेको गुनासोलाई छोप्ने क्रममा पोहोर सालको तुलनामा यस बर्ष ९०% भन्दा माथि गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र अडिक रहेर तयार भएका छन् ।
सोहि क्रममा अशंख्या नारीहरुलाई बर्ष भरिको थकाई मेटाउने उदेस्यका साथ् पछिल्लो पटक अमृत खाती र स्मृति गौतमको संयुक्त प्रस्तुति “नाचौं घुमी घुमी” बोलको गीत सार्बजनिक भएको छ । यस गीतमा अमृत खाती र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दा मनै फुरुंग हुने यस गीतलाई लय अमृत खातीले तयार पारेका हुन् भने शब्द जिबन अर्यालको रहेको छ ।
निकै रोमान्चक सैली बाट तयार पारिएको एक गीतको म्युजिक भिडियोमा अनु शाह र संजिव ठकुरीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
August 9, 2018 10:59 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन