

चर्चित नेताका नाम पोलेपछि ३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल !

सुन तस्करबारे छानबिन गर्न बनेको छानबिन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ।समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन।करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुनकाण्ड बनेको थियो तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ।समितिले ३ सयभन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो। केही चर्चित व्यक्तिसमेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरूको आरोप छ।
टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपु¥याई पूर्णविराम लगाउने चलखेल भएको समाचार स्रोतको दाबी छ। बारम्बार आफूहरू ठूलामाछाको नजिक पुगेको बताइरहने गृहमन्त्री थापा पनि प्रतिवेदन बुझाइएपछि मौन हुनुहुन्छ। ‘यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानबिन समितिसमक्ष केही नेताको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ।’ –स्रोतले बतायो। पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ।यसैबीच प्रहरीले उक्त सुनकाण्डको अनुसन्धान गर्न लागेको खबर सार्वजनिक गरिए पनि प्रहरी-प्रहरीबीच नै कुरा बाझिएको छ।यसको जिम्मा अपराध महाशाखा टेकुलाई दिइएको बताइएको थियो तर अनुसन्धान सतहीरूपमा गरेर मुद्दा नै बन्द गराउन खोजिएको केही जानकारहरू बताउँछन्।
August 11, 2018 10:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

