अाज अन्तर्राष्ट्रिय युवा दिवस
काठमाडौं, २७ साउन । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आइतवार विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।सार्वजनिक कार्यक्रममा युवाको सम्मानपूर्वक सहभागितालाई जोड्दै युवा दिवसको नारा तय गरिएको राष्ट्रिय युवा नीति– २०७२ तथा युथ भिजन–२०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले बताए
परियारका अनुसार नेपाली परिवेशमा युवा महिलाको हकमा यसपटकको नारा अझ बढी सान्दर्भिक छ । नेपालका किशोरी र युवा महिलाले धेरै समस्या झेल्नुपरेको प्रसङ्ग उठाउँदै उनले भने, ‘युवा महिलालाई सुरक्षित वातावरण कसरी दिन सकिन्छ भन्नेमा केन्द्रित हुन सके अझ राम्रो हुने थियो ।’
नेपालको सन्दर्भमा हरेक वर्ष करीब पाँच लाख युवा श्रम बजारमा आउने गर्छन् । वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ बैदेशिक रोजगारीमा जाने नेपाली युवाको अवस्थासँग जोडेर हेर्दा नारा निकै सान्दर्भिक समेत देखिन्छ ।
युवा तथा श्रम विज्ञ विष्णु खत्रीले ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नारालाई अवसर, सूचना, साधन÷स्रोतको पहुँच, युवाको पेशागत भविष्य, रोजगारीका अवसर, क्षमता विकासका लागि सुरक्षित वातावरण निर्माण गर्ने सन्दर्भसँग जोडिनुपर्ने बताउछन् ।नेपाली समाजमा रहेको संरचनात्मक विभदेका कारण धेरै युवा विभेद र शोषणको अवस्थामा छन्, खत्रीले भने, ‘यस्तो अवस्थामा उनीहरूले सुरक्षित वातावरणको अनुभूति गर्न पाउने सम्भावना रहँदैन्
August 12, 2018 11:34 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन