यस्तो छ कारण,नुनले पनि तौल बढाउँछ ?
त्यसो त नुन सेवन आफैमा राम्रो मानिदैन । तर, नुन बिनाको खान्कीमा हामीलाई स्वाद हुँदैन । खल्लो खानेकुरा के खानु ? कसरी खानु ? तरकारीमा नुन, अचारमा नुन, दालमा नुन । अर्थात हाम्रो भान्समा जे जति खानेकुरा पाक्छ, सबैमा नुन मिश्रण हुन्छ ।चिकित्सकहरु नुनलाई पूर्णत बन्देज वा निषेध गर्नु त भन्दैनन्, तर यसको मात्रा कम गर्नु भन्छन् । खासगरी उच्च रक्तचापमा । यद्यपी नुन सामान्य अवस्थामा पनि राम्रो होइन । पछिल्लो तथ्य के पनि फेला परेको छ भने, नुनले तौल बढाउँछ ।
कसरी बढाउँछ नुनले तौल ? : जो मानिस अत्याधिक मात्रामा सोडियम -नुन)को सेवन गर्छ, उसको तौल क्रमश बढ्न थाल्छ । यसको कारण तपाई जे सोच्दै हुनुहुन्छ, त्यो नहुन पनि सक्छ । किनकी पोषणविद्लाई आधार मान्ने हो भने अत्याधिक मात्रामा नुनको सेवनले शरीरमा पानीको मात्रा बढी हुने गर्छ, जसका कारण शरीरमा अतिरिक्त वजन बढ्ने गर्छ । तर हामीले यहाँ पानीको वजनको मात्र कुरा गरिरहेका छैनौ । उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा फ्याटको मात्रालाई समेत बढाउने गर्छ, जसका कारण शरीरको वजन स्वत बढ्ने गर्छ ।
सोडियमै-सोडियम : एक पटक सोच्नुस् त, त्यस्ता के के खानेकुरा छन् जसमा सोडियमको मात्रा उच्च हुने गर्छ ? फ्रेञ्च प|mाइड, चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरा ? त्यतिमात्र हैन, पाश्चात्यहरुले धेरै उपभोग गर्ने ब्रेडमा समेत प्रशस्त मात्रामा सोडियमको प्रयोग गरिएको हुन्छ, जुन सुन्दा जो कसैलाई आश्चर्य लाग्न सक्छ ।
तर, यस्ता उच्च सोडियमयुक्त खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुने गर्छ । पकाउन सजिलो तथा सजिलै उपलब्ध हुने भएकोले मानिसहरुको रोजाईमा यस्ता खानेकुरा पर्ने गर्छ । त्यसैले, यदी तपाईको खानामा चिप्स, स्न्याक्स, ब्रेड, प|mाइड फुड, प्रोसेस्ड फुड, रेष्टुरेन्ट फुड लगायतका खानेकुरा समावेश छन् भने बुझ्नुहोस् तपाईले नुन मात्र खाइरहनु भएको छैन, शरीरमा क्यालोरीको मात्रा समेत बढाइरहनु भएको छ ।
सोडियमले भोग मात्र जगाउँदैन, खाने क्षमता पनि बढाउँछ : तपाईहरुलाई आश्चर्य लाग्न सक्छ, सोडियम र वजनबीचको सम्बन्ध यतिमा मात्र सिमित छैन । यस्ता अन्य धेरै कुराहरु छन्, जहाँ सोडियमले मानिसमा भोक मात्र जगाउँदैन, उनीहरुको खानेकुरा खाने क्षमतालाई समेत बढाउँछ । सोडियमकै कारण मानिसलाई प्यास समेत छिटो छिटो लाग्ने गर्छ । परिणामस्वस्प, मानिसहरु सोडा, वियर लगायतका चिसो पेय पदार्थ समेत धेरै पिउने गर्छन् । त्यसैले त, बारका मानिसहरुले वियर वा अन्य मदिरा धेरै खपत हुने आशमा तपाईको टेबल अगाडी पपकर्न तथा पिनट्सले भरिएको भाडा पि|mमा दिने गर्छन् । अतः उच्च सोडियमयुक्त खानेकुरा खाने व्यक्तिको वजन बढ्नु कुनै नौलो हैन ।
के भन्छ अध्ययन ? : सन् २०१५ मा गरिएको एक अध्ययनले समेत उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च वजन हुनुका साथै कम्मर ठूलो हुने देखाएको छ । त्यसबाहेकका अन्य अध्ययनहरुले समेत सोडियमको उच्च खपत र वजनबीच गहिरो सम्बन्ध रहेको देखाएको छ ।त्यसबाहेक, उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च रक्तचापको समस्या त निम्तन्छ नै । यसले पनि के प्रमाणित गर्छ भने उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा पानीको मात्रा रिटेन (जम्मा) भई शरीरमा पानीको भोल्युम बढाएर उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ ।
कसरी नियन्त्रण गर्ने त ? : खानामा सोडियमको मात्रा कसरी कम गर्न के गर्न सकिन्छ भन्नेबारेमा विभिन्न अध्ययन अनुसन्धान त भई नै रहेको छ । तर अहिलेको लागि भने के बुझ्न जरुरी छ सोडियमको सेवन कम गरेर पनि बढ्दै गएको वजनलाई त अवश्य नै नियन्त्रणमा ल्याउन त सकिन्छ नै । उच्च सोडियमयुक्त खानेकुराको सेवन कम गरेर पनि हाई क्यालोरी जंकफुडको सेवनमा समेत कमी ल्याउन सकिन्छ । यसको लागि उच्च सोडियमयुक्त खानेकुरालाई पूर्ण रुपमा बन्देज गर्न जरुरी छैन । खानामा सामान्य ध्यान दिएर तथा प्रोसेस्ड गरिएको खानेकुरा तथा जंकफुडको सेवन कम गरेर पनि सोडियमको मात्रालाई नियन्त्रणमा राख्न सकिन्छ । जसको मद्दतले रक्तचाप कम हुनुका साथै तौल समेत नियन्त्रित हुने गर्छ ।
(यो लेख पोषणविद् मोनिका रेइनेगलबाट साभार गरिएको छ । उनी न्युठिट्रसन डिभाज सेक्रेट फर अ हेल्थी डाइटकी लेखक पनि हुन् ।)
August 12, 2018 12:26 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन