वामदेवसँग लिएको दुई करोड पैसा
उमेश गिरी, नेता, नेकपा
काठमाडौं । म अहिले सोच्छु, दुर्गा दाइ र म कम्युनिस्ट रहेछौँ । कांग्रेसलाई चिनेनछौँ । कांग्रेसका लागि धेरै ग-यौँ, तर सामान्तहरूले कांग्रेसलाई सके । बाहुनवादको जालोले कांग्रेसलाई सक्यो । थर र गोत्रको माखेसाङ्लोमा कांग्रेस फस्यो । दुर्गा दाइकै प्रेरणाले म कांग्रेस भएँ । दुर्गा दाइ आफैँ पनि फसे, मलाई पनि फसाए । यसैले ढिलै भए पनि म एमालेमा प्रवेश गरेको हुँ ।
मेरै आग्रहमा पूर्वगृहराज्यमन्त्री भीमराज राजवंशी पनि प्रवेश गरेका हुन् । ०६४ को निर्वाचनमा महेशलाई हराउने भीमराज नै हुन् । तर, उनले केही पाएनन् ।
फोरम नेपालबाट फुटेपछि गच्छदारले मलाई आफ्नो पार्टीमा आउन भने । मैले पहिले भीमराजलाई मन्त्री बनाऊ अनि म आउँछु भनेपछि उनी गृह राज्यमन्त्री बने । तर, म विजयलाई राम्रोसँग चिन्थेँ । उसको पार्टीमा गइनँ । म केही पाउँछु भनेर नेकपामा आएको होइन ।
मैले वामदेव गौतमबाट दुई करोड लिएको थिएँ, कांग्रेसलाई हराउन । त्यो पैसा सबै कोइरालाहरूको हैकम तोड्नकै लागि खर्च गरेर सके । नयाँ पत्रिका दैनिकबाट साभार
August 12, 2018 10:56 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण