जुन तपाईलाई थाहा नहुन सक्छ,नरिवलका यति धेरै फाइदा
नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्वपूर्ण मानिएको छ । नरिवलले मानिसलाई पौष्टीक आहार प्रदान गर्दछ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ । यसलाई धार्मिक पूजामा पवित्र फलको रुपमा चढाइन्छ । शुभ–विवाहमा मांगलिक फलको रुपमा प्रयोग गरिन्छ । विभिन्न देवपूजामा फल चढाउने बाहेक व्रतबन्ध हुँदा जोगीको रुप लिएर भिक्षाटन गर्दा नरिवल दिने चलन पनि छ । स्वास्थ्यका दृष्टीले पनि यसका विभिन्न फाइदाहरु छन्। आज हामी तपाईलाई ती फाइदाका बारेमा जानकारी दिदै छौँ :
गर्मी गडेकोमा : नरिवलको जल नियमित केही दिन १\१ ग्लास खानाले गर्मी गडेको रोग निको हुन्छ।
पिसाब खुलाउने : गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान\बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ
रगत सफा गर्ने : ताजा नरिवल पानी सेवन गर्ने गरेमा रगत बढाउँछ र स्वच्छ हुन्छ पार्दछ ।
घाउ खटिरामा : घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।
गर्मीले टाउको दुखेमा : नरिवलको तेलले टाउकोमा मालिस गर्ने गरेमा गर्मीले दुख्ने टाउको ठीक हुन्छ ।
अल्काईको रोगम नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ अथवा तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।
कपाल राम्रो पार्न : नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।
जुका परेमा : नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ।
कलेजोको रोगमा:नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा १\२ हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ।
श्वासनलीको रोगमा
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा दम खोकी सम्बन्धी रोेग ठीक हुन्छ तथा श्वासनली आदि बलियो बनाई रोग निको पार्छ।
शीतपित्त भएमा: नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ।
कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाःठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ।
दाद भएमा:सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् बिस्तारै ठीक हुँदै जान्छ ।
June 10, 2018 10:24 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने