काठमाडौंका विभिन्न ३ स्थानमा बम भेटियो, बम लिएर हिंडेका दुई पक्राउ
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २९ साउन । काठमाडौंका विभिन्न स्थानमा तीन बम फेला परेका छन् ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौं महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको जानकारी दिए । जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको बताइएको छ । यसअघि आज बिहान भक्तपुरका विभिन्न स्थानमा बम फेला परेको थियो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।
August 14, 2018 2:00 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...