गर्लफ्रेण्डसँग होटलमा पुगेका थिए यी युवक, गर्लफ्रेण्ड दुई मिनेमा आउँछु भनेर गएपछि भयो यो सबै
एजेन्सी। श्रीमतीलाई धोका दिनु वा गर्लफ्रेण्डसँग झुट बोल्नु अगाडि एक धेरै पटक सोच्नुपर्छ। उनीहरुसँग झुट बोल्दा तपाइँ फस्न सक्नुहुन्छ। यस्तै एउटा घटना भारतको उत्तर प्रदेशको नोएडामा घटेको छ। दिल्लीका एक व्यक्तिले आफ्नाी श्रीमतीलाई धोका दिँदा उन फसेका छन्। उनले आफ्नो यो चाल उल्टो सावित हुन्छ भनेर कहिल्यै सोचेका पनि थिएनन्।
दिल्लीका एक व्यक्ति जो मर्चेन्ट नेवीमा काम गर्छन्। गत आइतबार उनी श्रीमतीसँग सिंगापुर जाने बताएर घरबाट निस्किएका थिए। तर उनी सिंगापुर नगएर नोएडाको एक गेस्ट हाउसमा पुगेका थिए। उनी गेस्ट हाउसमा गर्लफ्रेण्डसँग मस्ती गर्न गएका थिए। तर, उनले केही गर्नु पहिला नै उनकी श्रीमती प्रहरी लिएर सो गोस्ट हाउसमा पुगिन् र रंगेहात श्रीमानलाई पक्राउ गराइन्।
मर्चेन्ट नेवीका कर्मचारी श्रीमतीसहित दिल्लीमा बस्थे। करिव एक वर्ष पहिला दिल्लीकी एक युवतीसँग उनको चिनजान भयो। उनले आफू अविवाहित भएको बताउँथे। दुवैबीच सधैं जसो भेटघाट हुन थाल्यो । ती युवतीले आफूसँग चाँडो विवाह गर्न भनिरहिन्। तर उनले विवाहको कुरालाई सधैं टालिरहे।
उनले विवाह गर्ने विषयमा आलटाल गरेपछि ती युवतीलाई उनीमाथि शंका हुन थाल्यो र निगरानी गर्न थालिन्। त्यसपछि उनले उनी विवाहित हुन र आफूसँग झुट बोलेर फाइदा उठाइरहेका छन्। यी युवकले आइतबार आफू सिंगापुर जाने र दिउँसो फ्लाइट भएको कुरा श्रीमतीलाई बताएका थिए। र उनी आफ्नी गर्लफ्रेण्डसँग नोएडाको सेक्टर–५८ स्थित गेस्ट हाउसमा पुगेका थिए।
उनी गेस्ट हाउसमा आइको केही समयपछि उनकी गर्लफ्रेण्ड केही बहाना बनाएर कोठा बाहिर गइन्। र, युवककी श्रीमतीलाई फोन गरेर सबै कुरा बताइन्। उनले गेस्ट हाउसको गेठानासमेत दिइन्। केही समयपछि उनकी श्रीमती र प्रहरी गेस्ट हाउसमा आएर उनीहरुलाई रंगेहात पक्राउ गरे। भारतीय संचारमाध्यमका अनुसार ती युवतकले आफ्नी श्रीमती र गर्लफ्रेण्डसँग माफी मागेपछि उनीहरुले कतै पनि उजुरी गरेनन्। युवककी गर्लफ्रेण्डले आफू अविवाहित भएको र युवक विवाहित भएको थाहा पाएपछि उनकी श्रीमतीलाई बोलाएको बताएकी छिन्।
August 15, 2018 3:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन