दम, खोकी र श्वासप्रश्वास रोगीका लागि अमृतसमान छ असुरो
काठमाडौं । विभिन्न जडीबुटीमध्ये सर्वसुलभ रूपमा पाइने जडीबुटी हो असुरो। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेत वारी एवं काल्लाहरूमा पनि प्रशस्तै पाइन्छ। गाँठागाँठा परेको डाँठ र भालाकार वा अण्डाकारको हरियो पात हुने यो वृक्षको फूल सेतो सिंहको मुखजस्तो देखिन्छ । यसको पात, जरा र फूलमा पाइने पदार्थले श्वासप्रश्वास प्रणालीका समस्यालाई सुधार गर्छ।
असुरोले श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्छ । असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखुजसरी खाने वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँमासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ।
त्यस्तै, धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो, कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। असुरो प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।
August 18, 2018 12:11 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण