सर्वोच्चको अपमान ! मानवअधिकार आयोगको खिल्ली उड्यो ! प्रकाण्ड फेरी प्रकाउ
काठमाडौं । गएको साता अवैध चन्दा असुली गरेको अभियोगमा प्रकाउ परेका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड सर्वोच्च अदालत परिसर बाटै फेरि प्रकाउ परेका छन् ।प्रहरीले उनीमाथि ७ करोड अवैध चन्दा सङ्कलन गरेको आरोप लगाउदै गएको साता काठमाडौँ बाट नियन्त्रणमा लिएको थियो । विना कुनै आधार र प्रमाण हिरासतमा राखेर चरम शारीरिक र मानसिक यातना दिएको भन्दै छोरा नरेन्द्र विकले सर्वोच्चमा वन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
उक्त रिट माथिको सुनवाई गर्दै न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र तेजबहादुर केसीको इजलासले प्रकाण्ड माथि लगाइएको आरोप पुष्टी हुन नसकेपछि रिहा गर्न आदेश दियो ।तर, प्रहरीले फेरि उनलाई सर्वोच्च प्राङ्गणबाटै प्रकाउ गरेको छ । मानव अधिकार आयोगका सचिव सुदीप पाठकको टोली प्रकाण्ड सँग बयान लिन आयोग कार्यालय जाने तरखरमा थियो तर आयोगको खिल्ली उडाउँदै प्रहरीले अन्तत आयोगको गाडीबाटै खोसेर प्रकाण्डलाई फेरि हिरासतमा लिएको हो ।
शुक्रबार सर्वोच्च अदालतले रिहाई गरेपछि मानव अधिकारकर्मीको गाडिमा बाहिर निस्कन लागेको बेला अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरिएको हो । मानव अधिकार कर्मीको टोली सहित गाडिमा बसेका प्रकाण्डलाई प्रहरीले उनी चढेको गाडि घेरा हालेर पक्राउ गरेको हो । पक्राउपछि उनलाई काभ्रे लाने तयारी गरिएको बुझिएको छ । मानव अधिकार आयोगका सचिव पाठकले यो घटना नेपालको इतिहासमा दुर्लभ भएको बताएका छन् । प्रहरीले अर्को ठाँउमा मुद्दा परेकाले गिरफ्तार गरेको जनाएको छ । नेकपाकै नेताहरूले यो घटनाले सर्वोच्चको अपमान तथा मानवअधिकार आयोगको खिल्ली उडाएको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाको ठाडो निर्देशनमा प्रहरीले प्रकाण्डलाई फेरी प्रकाउ गरेको बताइएको छ । विप्लव नेकपा तर्फ नियन्त्रणउन्मुख रहेको सरकार सँग नझुक्ने विप्लवको चेतवानी कायमै छ ।
August 18, 2018 12:29 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने