ओली सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगिन् कामिनी
काठमाडौं, ३ भदौ । पदमुक्त गर्ने सरकारी निर्णयलाई चुनौती नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्च अदालत पुगेकी छन् ।कामिनी सरकारले आफूलाई गलत मनसाय राखेर हटाउने निर्णय गरेको भन्दै पुनर्बहालीको माग राख्दै सर्वोच्च पुगेकी हुन् । उनले आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भएको स्मरण गराउँदै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
उनलाई गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पदबाट हटाउने निर्णय गरेको थियो । उनले पुनर्बहालीको लागि केही तर्क अगाडि सारेकी छिन् । उनले टेलिकमको सुधारमा आफूले काम गरिरहेको तर सरकारले इच्छित व्यक्तिलाई नियुक्त गर्न प्रतिस्पर्धाबाट नियुक्त भएको व्यक्तिलाई हटाइएको दाबी गरेकी हुन् । उनले सरकारले छिट्टै नयाँ नियुक्ति गर्न सक्ने भन्दै अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेकी छन् ।
उक्त मुद्दाको पेशी न्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासमा आइतबारका लागि तोकिएको छ ।सरकारले ७२ घन्टे स्पष्टीकरण सोधेर कार्यसम्पादन सन्तोषजनक नभएको पदमुक्त गरेको थियो । प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएर आफैंले कार्यप्रगति सोधेका थिए ।भण्डारी २०७३ असोजमा तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक मात्र होइन, टेलिकमकै पहिलो महिला प्रबन्ध निर्देशक पनि हुन् ।
August 19, 2018 11:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन