तमु धिं जेद्दा द्वारा मैत्रीपुर्ण भलिबल प्रतियोगिता सप्पन्न
तेज थापा- साउदी अरब -अगस्ट २३ बिहीबार तमु धिं जेद्दा साउदी अरबले मुस्लिमहरुको महान पर्व इद अल अदाको अवसर पारेर खुला नक अाउट भलिबल प्रतियोगिता सफलताको साथ सम्पन्न गरेको छ । विविध प्राबिधिक समस्याका कारण कार्यक्रम निर्धारित समय भन्दा केही ढिलो गरि राति ८: बजे खेल उद्घाटनसँगै प्रारम्भ भएको हो । प्रमुख अतिथि समेत रहेका महावाणिज्य दूतावास जेद्दाका बाणिज्य दुत मनहरी रहेका द्वारा उद्घाटन गरिएको कार्यक्रममा जेद्दामा कृयाशिल विभिन्न संघ संस्थाका पदाधिकारीहरु, बुद्धिजीवी बर्ग र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

जेद्धा आसपासमा रहेका नेपाली समुदायको भेटघाट, एकापसमा आपसि सद्भाव र आत्मियता कायम राख्ने एवम् बिगत ११ महिना अघि सवारी दुर्घटनामा परी अशक्त भएका र उपचारको निमित्त रकमको अभावमा रहेका चन्द्र मान गुरुङको सहयोगार्थ भलिबल प्रतियोगिता आयोजना गरिएको थियोे ।पिडित गुरुङलाई नेपाली युवा क्लबबाट साउदी रियल ५६७ र बाँकी रकम प्रतियोगितामा संकलन गरी जम्मा साउदी रियल १६६७ बाणिज्य दुत मनहरी दंगाल द्वारा हस्तान्तरण गरिएको तमु धीं जेद्दा साउदी अरबका महासचिव सुरज गुरूङ बताए ।

गुरुङका अनुसार, साउदीमा ब्लडमनि केसमा जेल जिवन बिताई रहेका गोर्खा निवासी कुमार रानाको सहयोगार्थ कार्यक्रम उल्लेखित गरिएता पनि कुमार रानाको उद्दारका लागि रकम संकलन भैसकेकोले सो रकम प्रत्येक्ष उपस्थित चन्द्र मान गुरुङलाई सहयोग गरिएको हो ।

खेलप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति बिच भएको प्रतियोगितामा जेद्धा वरपरका क्षेत्रबाट जम्मा १० टिमले सहभागीता जनाएका थिए । खेलको अन्तिम भिडन्तमा DKYC राबिग र अल्मराई बिच भएको थियो । दुबै प्रतिस्पर्धि टिम एकापसमा भिडदै जाँदा अल्मराई बेकरीलाई पछाडि पार्दै DYKC राबिगले प्रथम स्थान कब्जा गर्न सफल भएको थियोे भने निकै राम्रो खेल प्रदर्शन गरेका अल्मराई बेकरीका नारायण गर्बुजा उत्कृष्ट खेलाडीको दाबेदारमा कव्जा जनाएका हुन् ।

कार्यक्रमको उत्तरार्धमा, प्रथम र द्वित्तीय बिजेता टिमलाई तमु धिं जेद्दाका अध्यक्ष बेद कुमार गुरुङ र एनआरएन आरसिसि जेद्दाका अध्यक्ष एवम् तमु धि जेद्दाका बरिस्ठ सल्लाहकार भिम ब. गुरुङले संयुक्तरूपमा विजयी टिम तथा खेलाडीहरुलाई प्रथम, द्वित्तीय पुरस्कार, नगद रासि, मेडल र प्रसंशा पत्र वितरण गरिएका थिए भने उत्कृष्ट खेलाडीलाई मेडल र प्रसंशा पत्र हस्तान्तरण गरी शुक्रबार प्रतियोगिता बिहान ७: बजे समापन भएको थियोे ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने