Thursday 12th February 2026

आज जनै पुर्णिमा : क्वाँटी खानुका यस्ता छन् फाइदा !

7 years अगाडी

जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन छ । भिजाएका नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खानेले स्वास्थ्यलाई धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् । मस्याङ, मुगी, चना, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ तथा सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ । टुसा उम्रिएको गेडागुडीको सुप खानाले धेरै स्वास्थ्य समस्याबाट राहत मिल्छ ।

क्वाँटी खानुका फाइदाहरु:

१) कब्जियतको समस्या हटाउँछ ।
२) मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।

३) यसले बुढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त पार्दछ ।
४) तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
५) यो सजिलै पाच्य हुन्छ ।

६) पेटमा अनावश्यक वायु बनाउँदैन ।
७) क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
८) रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

९) रोगी, बालबालिका, गर्भवती तथा बृद्धमा हुने कुपोषण हटाउँछ ।
१०) क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।

 

११) मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
१२) रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
१३) टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ ।

          August 26, 2018 3:55 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...