दाजुभाइले समाते यस्तो माछा, २० मिनेटमै भयो पैसाको वर्षा
एजेन्सी। भनिन्छ जब भाइग खुल्छ तब डोकोमा दुध दुहे पनि अडिन्छ । समुद्रमा माछा मार्ने दुई दाजुभाइको जीवनमा पनि यस्तै भएको छ । उनीहरुको हातमा यस्तो माछा परेको छ कि पलभरमै पैसाको वर्षा भएको छ । महाराष्ट्रका यी दुई दाजुभाइको जालमा परेको माछाले उनीहरुलाई एकैछिनमा धनवान बनाइदियो ।
पालघरमा यी दुई दाजुभाइ माछा मार्दै थिए । यही क्रममा उनीहरुको पालमा एउटा ३० किलोको माछा फस्यो । उनीहरु तत्कालै त्यो माछा बेच्न गए । जब उनहिरु माछा बजार पुगे उनका ग्राहकले त्यो माछलाई ओल्टाइ पल्टाइ हेर्न थाले । यी दाजुभाइले जुन माछा समातेका थिए त्यो माछा घोल प्रजातिको थियो । अन्तर्राष्ट्रिय बजारमा त्यो माछाको माग अत्यन्तै उच्च छ ।
घोल माछाको फोक्सो र मासुको प्रयोग महंगा औषधी र सौन्दर्य प्रसाधन बनाउन गरिन्छ । मानिसको अपरेशनको क्रममा प्रयोग हुने सोल्युबल टाँका बनाउन पनि यो माछाको प्रयोग गरिन्छ । सिंगापुर, मलेसिया, इण्डोनेसिया, हङकङमा यो माछाको अत्याधिक माग छ । सामान्यतया एक माछाको मूल्य १ हजार रुपैयाँ पर्छ तर ती दाजुभाइले त्यो माछाको मूल्य अत्यन्त धेरै पाएका छन् ।
उनीहरुले समातेको घोल माछा ५ लाख ५० हजार भारु (झण्डै ९ लाख नेपाली रुपैयाँ)मा बिक्री भएको छ । ती दाजुभाइका अनुसार त्यो माछा बजार पुर्याएको २० मिनेटमै बिक्री भएको थियो । यी दुई दाजुभाइ महेश र भरत महाराष्ट्रको पालघरमा मोब्रे गाउँमा बस्छन् । उनीहरुले अरब सागरमा माछा समातेका थिए ।
August 26, 2018 4:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन