जेल उन्मुक्तिका लागी रकम हस्तान्तरण
२७ अगस्ट, २०१८
तेज थापा, साउदी सम्वाददाता
साउदी अरबको जेलमा बन्दि जिवन बताइ रहेका दुइ जना नेपालीहरूको जेल मुक्तिका लागी व्लडमनि संकलन अभियान आधिकारिक रूपमा बन्द गरिएको छ । गोर्खा स्थाई घर भएका कुमार राना र वाङ-५ रोल्पा स्थाई घर भएका दिल बहादुर घर्ती दिया रकम (व्लडमनि) तिर्न नसकि जेल जिवन बिताइ रहेका छन् । उनिहरूको जिवन रक्षाका लागी आदिवासी जनजाति महासंघ, साउदीका पूर्वअध्यक्ष हुम सुनारी मगरको नेतृत्वमा साउदी अरबमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले संकलन पारिवारिक समाज नेपाल, साउदी र समाजमा आवद्ध सम्पूर्ण महानुभावहरू, रियाद लाङ्घाली स्पोर्ट्स समूह, प्रवासी नेपाली समाज हायेल र जनप्रगतिशिल मञ्च साउदी लगायत विभिन्न व्यक्तित्वहरूबाट २१ लाख ४३ हजार ८ सय ९५ रूपैयाँ संकलन भएको हो । अभियान संयोजक हुम सुनारी मगरले दिएको जानकारी जानकारी अनुसार संकलित रकम मध्य दिलबहादुर घर्तीमगरको उद्धारका लागी ९ लाख २७ हजार एकसय अठार रूपैया र कुमार राना मगरको लागि १२ लाख १६ हजार सात सय ७७ रुपैयाँ छुट्याइएको थियो ।
कुमार राना मगरको जेल उन्मुक्तिका लागि काठमाण्डौमा आज एक कार्यक्रम गरि रकम हस्तान्तरण गरिएको छ । अभियानकर्ता हुम सुनारी मगर कि श्रीमती कुमारी सुनारी मगर, नेपाल मगर संघका विदेश विभाग सचिव रक्ष बहादुर रोका मगर, संघका कोषाध्यक्ष कमला थापा मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, पारिवारिक सेवा समाज सादीका अर्जुन थापा, गमन तामाङ लगायतको सामुहिक उपस्थितिमा ‘कुमार राना बचाउ अभिया’ का संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी श्रीमती अम्बिका रानालाई संकलित रकम १२ लाख १६ हजार सात सय ७७ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

राना सन् २०१४ मा खालिद एस अल कम्पनिमा श्रम बेच्न साउदी छिरेका थिए । चालक अनुमती पत्र बिना उनले चलाउदै गरेको गाडि गत २४ अप्रिल २०१६ मा सवारी दुर्घटना परि साउदी नागरिक खालिद अल ओताईवी घाइते भएका थिए । अल ओताईवीको परिवारले क्षतिपूर्ति दाबी गर्दै १९ डिसेम्वर २०१६ मा अदालतमा मुद्दा दायर गरेका थिए भने १७ अप्रिल २०१७ मा साउदी अदालतले रानलाइ जेल सजाय सहित २ लाख ९४ हजार साउदी रयाल दिन आदेश जारी गरेको थियो
। 
यसअघि सुनारीको नेतृत्वमा दिया रकम (व्लडमनि) तिर्न साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ती मगरलाई बचाउन ९ लाख २७ हजार ११८ रुपैयाँ जुटाइ सहयोग गरेको थियो । घर्तीले चलाएको सवारि साधन दुर्घटनामा परि साउदी नागरिकको मृत्यु भएको थियो भने अदालतले मृतकको परिवारलाई २ लाख २५ हजार साउदी रियाल तिर्नु पर्ने फैसला सुनाएसँगै उनि जेल जिवन बिताइ रहेका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा