भुलेरपनि खाना खानेबित्तिकै नगर्नुहोस् यी सात काम, यस्ता छन् कारण !
खाना खानेबित्तिकै हिँड्नु, चिया पिउनु वा धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्छ । आउनुहोस्, खाना खानेबित्तिकै के गर्नु खतरनाक हुन्छ भन्नेबारे जानकारी लिऔं ।
१. धुम्रपान नगर्नुहोस्ः

हुन त धुम्रपान स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । त्यसमा पनि खाना खानेबित्तिकै धुम्रपान गर्दा यसको असरमा थप बृद्धि हुन्छ । विशेषज्ञका अनुसार खाना खानेबित्तिकै चुरोट पिउँदा पाचन सम्बन्धी समस्या हुनसक्छ । धेरैलाई खाना खानेबित्तिकै चुरोट पिउन मनलाग्छ तर यसबाट बच्नुपर्ने हुन्छ । खाने खानेबित्तिकै चुरोट पिउँदा ग्यास्ट्रिक र एसिडिटीको समस्या हुनसक्छ ।
२. फलफूल नखानुहोस्ः

यदि खाना खानेबित्तिकै फलफूल खानुहुन्छ भने त्यो पेटमा नै अड्किन्छ र ठिक समयमा आन्द्रामा पुग्न सक्दैन । यसकारण स्वास्थ्यमा समस्या देखिन थाल्छ । खाना पेटमा नै अड्किएपछि त्यो दुषित हुन थाल्छ । त्यसकारण खाना खाएको कम्तीमा एक घण्टासम्म फलफूल नखान सल्लाह दिइन्छ ।
३. बिर्सेर पनि चिया नपिउनुहोस्ः

चियापत्तीमा एसिडको मात्रा अत्यधिक पाइन्छ । यो पदार्थले आहारमा भएको प्रोटिनलाई क्षती पुर्याउने गर्छ जसका कारण खाना पचाउन निकै समस्या हुन्छ । यदि तपाईंलाई चिया पिउनु छ भने खाना खाएको एक घण्टापछि पिउनुहोस् ।
४. बेल्ट खुकुलो नबनाउनुहोस्ः

धेरै मानिसहरु मिठो खानेकुरा देख्नेबित्तिकै आफ्नो बेल्ट खुकुलो बनाउने गर्छन् । धेरै खाने उद्देश्यसहित यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । याद राख्नुहोस्, आफ्नो भोकभन्दा कम खानेकुरा खानुपर्छ ।
५. ननुहाउनुहोस्ः

खाने खानेबित्तिकै ननुहाउनुहोस् । तुरुन्त नुहाउँदा हात, खुट्टा र शरिरमा रगतको प्रवाह बढ्ने गर्छ जसका कारण पेटको चारैतिर रगतको मात्रा कम हुने गर्छ, जुन खाना पचाउनका लािग आवश्यक पर्छ । पाचन क्रिया बलियो बनाउन चाहनुहुन्छ भने खाना खानेबित्तिकै ननुहाउनुहोस् ।
६. नहिँड्नुहोस्ः

हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ तर खाना खानेबित्तिकै हिँड्नु गलत हो । यसो गर्दा एसिड रिफ्लेक्स र अपचको समस्या हुनसक्छ । युनिभर्सिटी आफ साउथ क्यारोलिनाको व्यायाम विज्ञान विभागका शोधकर्ताका अनुसार खाना खाएको आधा घण्टा पछि हिँड्दा मात्र क्यालोरी राम्रोसँग बर्न हुन्छ ।
७. तुरुन्तै नसुत्नुहोस्ः

खाना खानेबित्तिकै सुत्ने मानिसहरुको खाना राम्रो तरिकाले पच्दैन । यस कारण उनीहरुलाई ग्याँस र आन्द्रामा संक्रमणको समस्या पैदा हुने गर्छ ।
August 30, 2018 12:52 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन