दिनमा तीन लिटर दूध दिन्छन् यी महिला, अहिलेसम्म ४७० लिटर दूध दान गरिसकिन्
एजेन्सी। कुनै पनि नवजात शिशुकालागि आमाको दूध कति महत्वपूर्ण हुन्छ यो बताउन आवश्यक हुँदैन। कारण बच्चाकालागि आमाको दूध अमृत समान हुन्छ। तर कुनै महिलालाई आफ्नो बच्चालाई स्तनपान गराउन निकै मुश्किल समस्यासँग जुध्नुपर्छ। यस्ता महिलाहरुको संख्या पनि कम छैन। जसलाई आफ्नो बच्चलाई स्तनपान गराउन निकै ठूलो समस्याको सामना गर्नु परेको छ। किनभने उनीहरुको शरीरमा दूधको मात्रा प्रयाप्त मात्रामा हुँदैन। यस्तो अवस्थामा ती महिला बच्चालाई बजारबाट किनेर ल्याएको दूध पिलाउँछन्।
अर्कोतर्फ यस्ता महिला पनि छन् जोसँग आवश्यक भन्दा धेरै दूध हुन्छ। र, आज हामी यस्ती महिलाका विषयमा जानकारी दिन गइरहेका छौं जोसँग आवश्यक भन्दा धेरै दूध छ। ती महिलाको नाम ताबिथा फ्रास्ट हो। उनी अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा हुन्। ताबिथाकालागि धेरै दूध हुनु उनलाई ठूलो समस्या भएको छ। ताबिथाका तीन बच्चा छन्। ती बच्चालाई प्रयाप्त दूध पिलाएर पनि उनले ४७० लिटर दूध दान गरिसकेकी छन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ताबिथा दैनिक तीन लिटर भन्दा धेरै दूध दिन्छिन्। त्यसपछि उनले आफ्नो दूधको सही प्रयोग होस भनेर दान गर्न थालेकी छन्।ताबिथाको शरीरबाट असाधारण मात्रामा निसिस्कने दूधका विषयमा डाक्टरले उनलाई हाइपरल्याक्टेशन सिंड्रोन भएको बताएका छन्। जसका कारण उनको शरीरमा साधारण महिलाको भन्दा तीन गुणा धेरै दूध उत्पादन हुन्छ। डाक्टरका अनुसार यो एक प्रकारको दुर्लभ बिरामी हो। जुन निकै कम महिलालाई मात्र हुन्छ।
August 30, 2018 2:20 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन