विश्वकपका ती अविस्मरणीय १० गोल
एजेन्सी । केही समयअघि मात्र गेराथ बेलले च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट गोलमध्ये एक गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेका थिए ।
रसियामा हुने विश्वकप फुटबलको काउन्टडाउन सकिनै लाग्दा फुटबल पारखीले त्यस्तै उत्कृष्ट गोलको प्रतिक्षा अब धेरै गर्नुपर्दैन । बहुप्रतिक्षीत प्रतियोगिता यही जुन १४ बाट शुरु हुँदैछ ।
यहाँ भने हालसम्म विश्वकपमा भएका सम्भवतः उत्कृष्ट १० गोललाई प्रस्तुत गरिएको छ :
१०. सइद अल–ओवाइरान (बेल्जिम ०–१ साउदी अरेरिबया) – जुन २९, १९९४
सइद अल–ओवाइरानले सन् १९९४ को संस्करणमा एकल प्रयासबाट उत्कृष्ट गोल गर्दै साउदी अरेबियालाई नकआउट चरणसम्म पुर्याएका थिए ।

आफ्नो हाफमा बल बटुल्दै तीव्र गतिका साथ विपक्षी टोलीका खेलाडीहरुलाई छलाउँदै उनले गोल गरेका थिए ।
९. माइकल ओवेन (अर्जेन्टिना २–२ इंग्ल्याण्ड, पेनाल्टीमा अर्जेन्टिना विजयी) – जुन ३०, १९९८
२० वर्षअघि १८ वर्षीय माइकल ओवेनले आफ्नो नाम विश्व फुटबललाई चिनाएको गोल हो यो ।

एलन शिएररले गोल गर्दै खेल बराबरीमा ल्याएपछि माइकल ओवेनले डेभिड बेकह्यामको पासमा अर्जेन्टिनी हाफबाट विपक्षीहरुलाई छलाउँदै गोल गरेर टोलीलाई अग्रता दिलाए ।
यद्यपि अजेन्टिनाले बराबरी गर्दै पेनाल्टी सुटआउटमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो ।
८. एस्टबान क्याम्बियासो (अर्जेन्टिना ६–० सर्बिया एण्ड मोन्टिनेग्रो) – जुन १६, २००६
अर्जेन्टिनाका मिडफिल्डरले उत्कृष्ट टिम गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए ।

२५ वटा पासपछि क्याम्बियासोले देब्रो खुट्टाले सशक्त प्रहार गर्दै गोल गरेका थिए ।
अर्जेन्टिना जीतसहित अन्तिम १६ मा प्रवेश गरेको थियो ।
७. डेनिस बर्गक्याम्प (होल्याण्ड २–१ अर्जेन्टिना) – जुलाई ४, १९९८
आर्सनलका पूर्व स्ट्राइकरले आफ्नो करियरमा थुप्रै अविस्मरणीय गोल गरे । यीमध्ये सबैभन्दा महत्वपूर्ण गोल उनले विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध गरेका थिए ।
अन्तिम आठको खेलमा अर्जेन्टिनाविरुद्ध १–१ को स्थिति रहँदा फ्रांक डि बोएरले आफ्नो हाफबाट बर्गक्याम्पका लागि अर्जेन्टिनाको बक्समा बल पास गरेका थिए ।

डच फरवाडले उत्कृष्ट फस्ट टचसहित नियन्त्रण गर्दै रोबर्टो आयलालाई छलाउँदै गोल गरेका थिए ।
सोही गोलको मद्दतले बर्गक्याम्पले हल्याण्डलाई विश्वकपको सेमिफाइनलमा पुर्याएका थिए ।
६. म्याक्सी रोड्रिग्वेज (अर्जेन्टिना २–१ मेक्सिको–एक्सट्राटाइम) जुन २४, २००६
मिडफिल्डर म्याक्सी रोड्रिग्वेजले अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्याएका थिए ।

खेलको शुरुवाती १० मिनेटमा दुई गोलपछि खेल अतिरिक्त ३० मिनेटसम्म पुग्यो ।
खेलको ९८ औँ मिनेटमा रोड्रिग्वेजले भलीबाट उत्कृष्ट गोल गर्दै मेक्सिकोलाई स्तब्ध बनाए ।
सोरिनले रोड्रिग्वेजलाई पास निकालेका थिए जसलाई चेस्ट गरेर नियन्त्रण गर्दै उनले जाली चुमाएका थिए ।
५. हामेज रोड्रिग्वेज (कोलम्बिया २–० उरुग्वे) – जुन २८, २०१४
फिफा पुस्कास अवार्ड जित्ने विश्वकपमा भएको एकमात्र गोल हो यो ।
रोड्रिग्वेजले दुई गोल गर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलसम्म पुर्याएका थिए ।

ती मध्ये उनको पहिलो गोलले निकै चर्चा कमायो ।
उनले पासलाई कन्ट्रोल गर्दै २५ यार्ड टाढाबाट गोल गरेका थिए ।
सो प्रतियोगितामा ६ गोलसहित रोड्रिग्वेजले गोल्डन बुटको अवार्ड पनि जितेका थिए ।
४. पेले (ब्राजिल ५–२ स्वीडेन) – जुन २९, १९५८
ब्राजिलका लिजेन्ड पेलेले सन् १९५८ मा गरेको गोल यो सूचीको चौँथो स्थानमा पर्न सफल भएको छ ।
खेलमा अग्रता स्वीडेनले लिएको थियो । तर, ब्राजिलले खेलमा नियन्त्रण लिँदै खेलमा अग्रता लियो ।

पेलेको गोल ब्राजिलका लागि तेस्रो गोल थियो ।
क्रसफिल्ड पासलाई नियन्त्रणमा लिँदै उनले अन्तिम डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए ।
सो प्रतियोगितामा उनको अर्को गोलको मद्दतले ब्राजिलले विश्वकपको ट्रफी उचालेको थियो ।
३. म्यानुअल नेग्रेटे (मेक्सिको २–० बुल्गेरिया) – जुन १५, १९८६
बुल्गेरियाविरुद्धको अन्तिम १६ को स्पर्धामा म्यानुअल नेग्रेटेले देब्रे खुट्टाले सिसर किकमार्फत गरेको गोल धेरैको मानसपटलमा अझै ताजा छ ।

हालै फिफाले गरेको एक सर्वेक्षणमा यो गोल विश्वकपको उत्कृष्ट गोलको रुपमा चुनिएको थियो ।
२. कार्लोस अल्बर्टो (ब्राजिल ४–१ इटाली) – जुन २१, १९७०
यो पनि उत्कृष्ट टिमको गोलको नमूना थियो ।

राइट ब्याक कार्लोस अल्बर्टोले शक्तिशाली प्रहार गर्दै इटालियन गोलकिपर एनरिको अल्बार्टोसीलाई स्तब्ध बनाएका थिए ।
यसअघि ब्राजिलले ९ वटा पासिङ मुभ पूरा गरेको थियो ।
१. डिएगो म्याराडोना (अर्जेन्टिना २–१ इंग्ल्याण्ड) – जुन २२, १९८६
अर्जेन्टिनाका लिजेन्डले सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा इंग्ल्याण्डको दुई पटक मुटु तोडेका थिए ।

खेलको ५१ औँ मिनेटमा चिर्चित ‘ह्याण्ड अफ गड’ को मद्दतले पहिलो गोल गरेका म्याराडोनाले केही मिनेटपछि नै एकल खेलको उत्कृष्ट नमूना प्रस्तुत गरे ।
आफ्नो हाफमा बललाई नियन्त्रणमा लिँदै उनले इङ्ग्याण्डका आधा दर्जन खेलाडीहरुलाई छलाउँदै अन्ततः गोलकिपर पिटर सिल्टनसमेतलाई छलाएर गोल गरेका थिए ।
सो विश्वकप अर्जेन्टिनाले जितेको थियो ।
June 11, 2018 6:56 pm | खेलकुद,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने