साउदीमा हिमालय एअरलाइन्सको एक बर्षे सेवा पुरा, बिशेष कार्यक्रम हुदै
तेज थापा,
साउदी अरब – हिमालय एयरलाइन्स साउदी अरबले काठमाण्डौ-दम्माम-काठमाण्डौ सिधा उडान सेवा सुरू गरेको एक पुरा भएको छ । काठमाण्डौ-साउदी अरब-काठमाण्डौ लागि एक बर्ष पहिले कुनै पनि एयरलाइन्सहरूले नियमित सिधा उडान भर्ने गर्दैनथे । लाखौ नेपाली कामदारहरू रहेको साउदी अरबमा हिमालय एअरलाइन्सले गत बर्ष देखी साउदी अरब-काठमाण्डौ-साउदी अरब का लागि सिधा उडान भर्न सुरु गरेको हो । सेवा सुरू भएयता सिधा उडान गर्न चाहने यात्रुहरूका लागि निकै सहज भएको छ ।
यस अघि नेपालदेखि साउदी अरब वा साउदी अरबदेखि नेपाल जाने यात्रुहरू अनिवार्य रूपमा तेस्रो मुलकलाइ ट्रान्जिट बनाइ जाने-आउने गर्दथे । प्रायजसो हवाइ उडानहरू अबुधावि, बहराइन, मस्कट, दिल्ली वा मुंबई भएर मात्रै गन्तव्य मुलुक पुग्नु पर्दा यात्रुहरूले सास्ति बेहोर्नु पर्दथ्यो । कहिले सामान हराउने, कहिले, समयमा सामन नपुग्ने, अध्यागमन बिभागमा सास्ति बेहोर्नु पर्थ्यो तर अहिले हिमालय एयरलाइन्सले सिधा उडान सेवा सुरू गरे यता निकै सहज भएको छ,-हिमालय एयरलाइन्सबाट पटक-पटक यात्रा अनुभव गरेका एकजना यात्रुले भने ।

साउदी अरबमा आफ्नो सेवा पुरा गरेको १ बर्षको अवसर पारी एअरलाइन्सले बिशेष अनौपचारिक कार्यक्रमको तयारी गरेको छ । हिमालय एयरलाइन्सका कर्मचारी सुरेश राज त्रिपाठीले दिएको जानकारी अनुसार कार्यक्रम साउदी अरबको पुर्वी प्रान्त दम्माम स्थित अल खयाम होटेलमा गरिदै छ । कार्यक्रम नितान्त अनौपचारिक रहने छ र यस क्षेत्रमा रहेका नेपालीहरू, तथा सेवाग्रहिहरूको समुपस्थिति हिमालय एअरलाइन्सका साउदी अरबका कर्मचारी, व्यवस्थापक लगायतका व्यक्तित्व सरिह हुनेछन् त्रिपाठिले जनाए । कार्यक्रम अपरान्ह आज ३ बजेबाट सुरू हुदैछ ।
August 31, 2018 3:56 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन