

साउदीमा हिमालय एअरलाइन्सको एक बर्षे सेवा पुरा, बिशेष कार्यक्रम हुदै

तेज थापा,
साउदी अरब – हिमालय एयरलाइन्स साउदी अरबले काठमाण्डौ-दम्माम-काठमाण्डौ सिधा उडान सेवा सुरू गरेको एक पुरा भएको छ । काठमाण्डौ-साउदी अरब-काठमाण्डौ लागि एक बर्ष पहिले कुनै पनि एयरलाइन्सहरूले नियमित सिधा उडान भर्ने गर्दैनथे । लाखौ नेपाली कामदारहरू रहेको साउदी अरबमा हिमालय एअरलाइन्सले गत बर्ष देखी साउदी अरब-काठमाण्डौ-साउदी अरब का लागि सिधा उडान भर्न सुरु गरेको हो । सेवा सुरू भएयता सिधा उडान गर्न चाहने यात्रुहरूका लागि निकै सहज भएको छ ।
यस अघि नेपालदेखि साउदी अरब वा साउदी अरबदेखि नेपाल जाने यात्रुहरू अनिवार्य रूपमा तेस्रो मुलकलाइ ट्रान्जिट बनाइ जाने-आउने गर्दथे । प्रायजसो हवाइ उडानहरू अबुधावि, बहराइन, मस्कट, दिल्ली वा मुंबई भएर मात्रै गन्तव्य मुलुक पुग्नु पर्दा यात्रुहरूले सास्ति बेहोर्नु पर्दथ्यो । कहिले सामान हराउने, कहिले, समयमा सामन नपुग्ने, अध्यागमन बिभागमा सास्ति बेहोर्नु पर्थ्यो तर अहिले हिमालय एयरलाइन्सले सिधा उडान सेवा सुरू गरे यता निकै सहज भएको छ,-हिमालय एयरलाइन्सबाट पटक-पटक यात्रा अनुभव गरेका एकजना यात्रुले भने ।
साउदी अरबमा आफ्नो सेवा पुरा गरेको १ बर्षको अवसर पारी एअरलाइन्सले बिशेष अनौपचारिक कार्यक्रमको तयारी गरेको छ । हिमालय एयरलाइन्सका कर्मचारी सुरेश राज त्रिपाठीले दिएको जानकारी अनुसार कार्यक्रम साउदी अरबको पुर्वी प्रान्त दम्माम स्थित अल खयाम होटेलमा गरिदै छ । कार्यक्रम नितान्त अनौपचारिक रहने छ र यस क्षेत्रमा रहेका नेपालीहरू, तथा सेवाग्रहिहरूको समुपस्थिति हिमालय एअरलाइन्सका साउदी अरबका कर्मचारी, व्यवस्थापक लगायतका व्यक्तित्व सरिह हुनेछन् त्रिपाठिले जनाए । कार्यक्रम अपरान्ह आज ३ बजेबाट सुरू हुदैछ ।
August 31, 2018 3:56 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

