विप्लव समुहद्वारा रामेछापका सर्वसाधारणको ९९ रोपनी जग्गा कब्जा
रामेछाप । विप्लव समुह अन्तर्गत जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ ।

विक्रम सम्वत् २०३९ सालमा जग्गा नापी नक्सा गर्न गएका नापी र मालपोतका कर्मचारीहरुलाई घुस खुवाएर पछि अन्य गाउँका सर्वसाधारण नागरिकहरुलाई पास गरिदिने भन्दै हालको दोरम्वा गाउँपालिका वडा नं २ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका वडा नं १ का मानवहादुर तामाङ, सिंहवहादुर लामा, गणेशवहादुर तामाङ सोही गाउँपालिका वडा नं २ का तेजवहादुर तामाङ र रोजवहादुर तामाङले जग्गा आफ्नो नाममा पारेको र पछि अन्य नागरिकलाई जग्गा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताहरुले सो जग्गामा पार्टीको झण्डा गाडी जग्गो कव्जामा लिएको जनाएको छ ।
सो जग्गा आइतवार रातीबाट आफ्नो पार्टीले कव्जामा लिएको उक्त जग्गा सर्वसाधारण नागरिकलाई पनि दिने भन्दै शुरुमा पैसा असुलेको तर हालसम्म पैसा तिर्ने नागरिकलाई जग्गा पनि नदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै यस्ता जनविरोधी गतिविधि गर्ने अधिकार कसैलाई पनि नरहेकाले उक्त जग्गा आफ्नो पार्टीले कव्जामा लिएको र कव्जामा लिएको जग्गा कोही कसैले हस्तक्षेप गर्न खोजे जिल्ला जनपरिषद रामेछापले सार्वजनिक अपिल गर्दै जुनसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ ।
June 12, 2018 8:22 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण