विवाह अविस्मरणीय बनाउन खतरनाक स्थान चुनेपछि
एजेन्सी, १७ भाद्र । विवाह जीवनमा एकपटक घट्ने महत्वपूर्ण पल हो जोकोहीँ यसलार्ई विशेष र स्मरणीय बनाउन चाहन्छ । केही मानिसले भने आफ्नो विवाहलाई विशेष बनाउने चक्करमा अनौठो काम गर्छन् । विवाहलाई स्मरणीय बनाउन यस्तै अचम्मको कदम उठाएका छन् अमेरिकाका एक जोडीले ।ती जोडीले यूटास्थित मोआबको एउटा विशाल खाडीको माथि प्लास्टिकको जाली बिच्याएर त्यहीँ विवाह कर्मकाण्ड सम्पन्न गरेका छन् ।
पछिल्लो वर्ष नोभेम्बरको महिनामा विवाह गरेका यी जोडिको तस्वीर अहिले पुनः सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । यी जोडीको विवाह मण्डपलाई देख्दा जोकोहीँलाई चक्कर लाग्छ । विवाह मण्डप यति उचाईमा तयार गरिएको छ जसको मुनि यति गहिरो पहाडी खाल्डो छ र मण्डपलाई एउटा प्लास्टिकको जालमा टाँगेर तयार गरिएको छ ।ती बेहुला बेहुली दुवै व्यवसायिक ‘स्लैकलाइनर’ अथवा डोरीमा हिड्ने एड्भेनचर हुन् । सायद यसकारण उनीहरुलाई जटिल र खतरा विवाहमण्डप मनपरेको हुनसक्छ ।
किम्बर्ली वेग्लिन नाम गरेकी ती बेहुलीले विवाहपछि फेसबुक पोस्टमा आफुले विवाहका लागि गरेको तयारीबारे लेखेकी थिइन् ।किम्बर्लीले लेखेकी थिइन्, ‘हामीले एमारेको मुनी केही एरियल आर्टिस्ट सिल्क र फाइबरमा यो कर्मकाण्ड गरेका थियौं । केही केटीहरु पनि थिए जसले प्याराशूटमा गुलाबका पातहरु भरेर हामीमाथि छरेका थिए र बैली डान्स गरेका थिए ।’विवाह मण्डपको जालका डोरालाई पकडेर उनीहरुका साथी चारैतर्फ बसेका थिए । यो त उनीहरुको विवाह मण्डपको कुरा भयो । यी जोडीको रिसेप्सनको स्थल पनि कम रोमांचक थिएन । उनीहरुले रिसेप्सन पार्टी एउटा ठूलो मरुभूमीमा दिएका थिए ।किम्बर्ली र उनका श्रीमान् रायन जेंक्सले रिसेप्सन स्थलमा आफ्ना पाहुनाहरुको सुरक्षाको विशेष तयारी गरेका थिए ।
किम्बर्ली र रायन ती पहिलो जोडी होइन जसले विवाहका लागि यति डरलाग्दा स्थलहरु चयन गरे । यस अघि जर्जियाको अटलांटामा एक जोडीले पानी भित्र विवाह गरेका थिए जहाँ उनीहरु चारैतिरबाट शार्क माछाबाट घेरिएका थिए ।त्यस्तै २००९ मा एक जोडीले ‘जिरो ग्रैविटी’ वाला विवाह गरेका थिए । न्युयोर्क शहरमा ती जोडीले आफ्नो विवाहका लागि बोइंग एयरक्राफ्ट चुनेका थिए । ती जोडी असली अन्तरिक्षमा गएनन् तर मेक्सिकोको खाडीदेखी हजारौं फिट माथि उडे जहाँ पाइलटले जिरो ग्रैविटीको तयारी गरेका थिए ।
September 2, 2018 12:35 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन