Sunday 9th November 2025

विवाह अविस्मरणीय बनाउन खतरनाक स्थान चुनेपछि

7 years अगाडी

एजेन्सी, १७ भाद्र । विवाह जीवनमा एकपटक घट्ने महत्वपूर्ण पल हो जोकोहीँ यसलार्ई विशेष र स्मरणीय बनाउन चाहन्छ । केही मानिसले भने आफ्नो विवाहलाई विशेष बनाउने चक्करमा अनौठो काम गर्छन् । विवाहलाई स्मरणीय बनाउन यस्तै अचम्मको कदम उठाएका छन् अमेरिकाका एक जोडीले ।ती जोडीले यूटास्थित मोआबको एउटा विशाल खाडीको माथि प्लास्टिकको जाली बिच्याएर त्यहीँ विवाह कर्मकाण्ड सम्पन्न गरेका छन् ।

पछिल्लो वर्ष नोभेम्बरको महिनामा विवाह गरेका यी जोडिको तस्वीर अहिले पुनः सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । यी जोडीको विवाह मण्डपलाई देख्दा जोकोहीँलाई चक्कर लाग्छ । विवाह मण्डप यति उचाईमा तयार गरिएको छ जसको मुनि यति गहिरो पहाडी खाल्डो छ र मण्डपलाई एउटा प्लास्टिकको जालमा टाँगेर तयार गरिएको छ ।ती बेहुला बेहुली दुवै व्यवसायिक ‘स्लैकलाइनर’ अथवा डोरीमा हिड्ने एड्भेनचर हुन् । सायद यसकारण उनीहरुलाई जटिल र खतरा विवाहमण्डप मनपरेको हुनसक्छ ।

किम्बर्ली वेग्लिन नाम गरेकी ती बेहुलीले विवाहपछि फेसबुक पोस्टमा आफुले विवाहका लागि गरेको तयारीबारे लेखेकी थिइन् ।किम्बर्लीले लेखेकी थिइन्, ‘हामीले एमारेको मुनी केही एरियल आर्टिस्ट सिल्क र फाइबरमा यो कर्मकाण्ड गरेका थियौं । केही केटीहरु पनि थिए जसले प्याराशूटमा गुलाबका पातहरु भरेर हामीमाथि छरेका थिए र बैली डान्स गरेका थिए ।’विवाह मण्डपको जालका डोरालाई पकडेर उनीहरुका साथी चारैतर्फ बसेका थिए । यो त उनीहरुको विवाह मण्डपको कुरा भयो । यी जोडीको रिसेप्सनको स्थल पनि कम रोमांचक थिएन । उनीहरुले रिसेप्सन पार्टी एउटा ठूलो मरुभूमीमा दिएका थिए ।किम्बर्ली र उनका श्रीमान् रायन जेंक्सले रिसेप्सन स्थलमा आफ्ना पाहुनाहरुको सुरक्षाको विशेष तयारी गरेका थिए ।

किम्बर्ली र रायन ती पहिलो जोडी होइन जसले विवाहका लागि यति डरलाग्दा स्थलहरु चयन गरे । यस अघि जर्जियाको अटलांटामा एक जोडीले पानी भित्र विवाह गरेका थिए जहाँ उनीहरु चारैतिरबाट शार्क माछाबाट घेरिएका थिए ।त्यस्तै २००९ मा एक जोडीले ‘जिरो ग्रैविटी’ वाला विवाह गरेका थिए । न्युयोर्क शहरमा ती जोडीले आफ्नो विवाहका लागि बोइंग एयरक्राफ्ट चुनेका थिए । ती जोडी असली अन्तरिक्षमा गएनन् तर मेक्सिकोको खाडीदेखी हजारौं फिट माथि उडे जहाँ पाइलटले जिरो ग्रैविटीको तयारी गरेका थिए ।

          September 2, 2018 12:35 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...