

नेता इतिहास र जनताले पैदा गर्ने कुरा हो : प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताएका छन्।।नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले भने, ‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन। इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो।’ उनले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदान पछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए।
उनले भने, ‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रिया मार्फत समाजवादको तयारीमा छौं।’ पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने बताए। उनले भने, ‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताहरु प्रति मेरो कुनै पूर्वाग्रह हुन्न।’
नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं जिल्ला क्षेत्र नं. २ बाट माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन्। उनीहरुले चन्द नेतृत्वको समुहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेको बताए। अबको समाजवादी क्रान्तिको नेतृत्व अध्यक्ष प्रचण्डबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु नेकपामा प्रवेश गरेको उनीहरुको भनाई थियो ।
September 2, 2018 12:40 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

