नेता इतिहास र जनताले पैदा गर्ने कुरा हो : प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताएका छन्।।नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले भने, ‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन। इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो।’ उनले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदान पछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए।
उनले भने, ‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रिया मार्फत समाजवादको तयारीमा छौं।’ पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने बताए। उनले भने, ‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताहरु प्रति मेरो कुनै पूर्वाग्रह हुन्न।’
नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं जिल्ला क्षेत्र नं. २ बाट माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन्। उनीहरुले चन्द नेतृत्वको समुहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेको बताए। अबको समाजवादी क्रान्तिको नेतृत्व अध्यक्ष प्रचण्डबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु नेकपामा प्रवेश गरेको उनीहरुको भनाई थियो ।
September 2, 2018 12:40 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन