साउदी अरबमा हरितालिका तिज विशेष कार्यक्रम हुँदै ।
शुक्र मोक्तान/तेज थापा
साउदी अरब – हरितालिका तिज नजिकिदै जादा नेपाली नारीहरूलाइ नेपालमा त रमझमले छोएकै छ, प्रवासमा समेत तिजको तल-तल बढेको छ । नेपाली नारीहरू आफ्नो संस्कार र संकृतिलाइ निरन्तरता दिन कतै न कतै जुटि रकेका हुन्छन् ।
नेपाली महिलाहरूको संख्या त्यति ठूलो नरहेता पनि साउदी अरबको पुर्व प्रान्त दम्माम र आस पासका नेपाली नारीहरूले हरितालिका तिजको अवसर पारेर तिज बिशेष कार्यक्रम गर्ने तयारीमा जुटेका छन् । बिशेषतः महिला दिदी बहिनीहरू संग भेटघाट गर्ने र प्रवासमा नेपाली पनको झलक आदन-प्रदान गर्ने उदेश्यले मनोरंजनात्मक तिज बिशेष कार्यक्रम हुन लागेको हो । अगामी १४ सेप्टेम्बर २०१८ शुक्रबारका दिन हुन गईरहेको उक्त कार्यक्रमको आयोजकको रूपमा समाज सेवि तुलसी गुरूङ रहेकि छन् । कार्यक्रममा नेपाली राजदुतावास रियाद परिवार, पुर्वी क्षेत्रमा रहेका नेपाली नारीहरू लागायत नेपाली दाजुभाइहरूको समेत समुपस्थिति रहने प्रवल सम्भावना रहेको छ ।
गत शुक्रबार हिमालय एअरलाइन्सले दम्माममा आयोजना गरेको बार्षिकोत्सव कार्यक्रमको अवसमा बोल्दै गुरूङ ले हरितालिका तिज विशेष कार्यक्रमा सहभागिता जनाउन साउदी अरबमा रहेका आम नेपालीहरूलाई निमन्त्रणा गरेकि हुन् । कार्यक्रम दम्माम शहरको साउदी पोस्ट अफिस नजिकै अल खयाम रेस्टुरेण्टमा दिनको १२ बजे देखी साँझ ६ बजे सम्म हुने छ ।
September 2, 2018 11:38 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन