सदाका लागि साउदीमा अस्ताय कर्ण बहादुर कार्की ।
तेज थापा/मनोज बराल
साउदी अरब – देशमा बढ्दो बेरोजगारका कारण नेपालबाट लाखौं युवाहरू दिनानु विदेश पलायन भइरहेका छन् । सुन्दर भविष्यको सपना साचि प्रवास पलायन हुने सबैको सपना साकार नहुने रहेछ । स्वदेश मै परिवारसँग रमाइ वस्ने चाहना कस्लाइ पो हुदैन र ! वाध्यता र विवशताको जातो मुनि पिधिएका नेपाली यूवाहरूको उर्भरा शक्ति,जोश, जागर रगत र पसिना बिदेशि भुमिमा वगिरहेको त छदैछ तर ति मध्य कहिले स्वदेश नफर्कने गरि उतै अस्थाएका छन् थुप्रै उदहरणहरू छन् । पैसासँग साटिएका धेरै नेपाली कामदारहरूको लास काठको वाकसमा बन्द भएर नेपाल फर्कने गरेका छन् । यस्तै घटनका वास्तविक पात्र हुन् ४६ बर्षिय कर्ण बहादुर कार्की ।

उदयपुर जिल्ला त्रियुगानगरपालिका वार्ड न ११ शिबालय टोल स्थाइ घर भएका कर्ण बहादुर कार्की छोराछोरीक सुनौलो भविष्यको परिकल्पना सहित लामो समयदेखि साउदीमा श्रम बेचिरहेका थिए । तर विडम्वना नियतिने उनको सपना चकनाचुर पारीदिएको छ । दिनभरको काम सकि साझ पसलबाट सर-सामान किनि कोठामा फर्कदै गर्दा चल्ति गाडिको ठक्करले उनको घटना स्थल मै मृत्यु भएको छ ।
जिजान मै अर्को कम्पनिमा कार्यरत टेक नारायण श्रेष्ठबाट घटनाको जानकारी प्राप्त हुनसाथ मेलमिलाप प्रबासिय संघका अध्यक्ष लिला (बिचरी) बहादुर बुढाथोकी तत्काल दुर्घटना स्थल पुगेका थिए । बिचारीले दिएको जानकारी अनुसार मृतक कार्कीलाइ रोड क्रश गर्दै गर्दा बिहिबार साझ ७:३० बजे साउदी नागरिकको गाडिले ठक्कर दिएको थियो । बुढाथोकी थप जानकारी हासिल गर्न सनिबार मृतक कार्कीको रोजगारदाता कम्पनिमा पुगेका थिए । कम्पनिले क्षतिपूर्ति सहित मृतक कार्कीको लास नेपाल फर्काउने आश्वान दिएको छ र आइतबार देखि प्रकृया अघि बढेको छ भने ठक्कर दिने साउदी नागरिक र निजको गाडी समेत स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ,- बुढाथोकीले भने ।
साउदी अरबको जिजान स्थित अल्हार्द्द बथान नजिकै आहामद याहया खुबरानी बल्दियामा काम गर्दै गरेका मृतक कार्किको लास अहिले जिजान नजिकैको आर्दह हस्पिटलमा राखिएको छ । उनको परिवामा श्रीमति सहित ३ छोरी सहित १ छोरा छन् ।
September 3, 2018 1:20 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन