Saturday 14th February 2026

सहकारीलाई गरिवी निवारण मेरुदण्डको रुपमा विकास गरिने

7 years अगाडी

काठमाडौं। सरकारले सहकारी संस्थाहरुलाई गरिवी निवारणको मेरुदण्डको रुपमा विकास गर्ने घोषणा गरेको छ।  भूमि सुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले सहकारी संस्थाहरुलाई गरिवी निवारणको मेरुदण्डको रुपमा विकास गर्ने योजना अघि सारेकी हुन्।

उनले सहकारी संस्थाहरुको लगानी उद्योग र कृषिमा गर्न लगाएर रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्। मंगलबार नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री अर्यालले मुलुकको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने गरी सहकारी संस्थाहरुको क्षमता विकासको अभियानलाई पनि अघि बढाउनुपर्नेमा जोड दिइन्।

उनले हरेक गाउँपालिकामा एउटा मात्रै हुने गरी सहकारी संस्थालाई ‘मर्ज’ गर्ने तयारी भईरहेको पनि जानकारी दिइन्।  सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्री अर्यालले सहकारी संस्थाहरु भित्र देखिएको समस्या तत्काल समाधान गर्ने दावी पनि गरिन्।

          September 4, 2018 12:47 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...