वर्षौंदेखि छोरीले भन्थिन् ‘मम्मी हाम्रो घरमा अरु कोही पनि बस्छ’ तर आमाले पत्याउँदैनथिन्
एजेन्सी। इङल्याण्डमा एक महिलाले इन्टरनेटको माध्यमबाट आफ्नो पुरानो घरको फोटो हेर्दै थिइन् । यो घरमा केही वर्ष अघिसम्म उनी आफ्नी छोरीसँग बस्थिन् । फोटो हेर्दै जाँदा उनले त्यो खाली घरको झ्यालमा उनले यस्तो चीज देखिन् कि उनको सातोपुत्लो उड्यो । ती महिलाले त्यो झ्यलमा एक भूतजस्तै बच्चाको अनुहार देखेकी थिइन् । उनी यसकारण डराइन् किनकि केही वर्ष पहिले उनी त्यो घरमा बस्दा उनकी छोरीले त्यो बच्चाको कहानी सुनाइरहन्थिन् । छोरीले त्यो बच्चा उनीहरुसँगै त्यही घरमा बस्ने बताउँथिन् तर महिलाले छोरीको कुरा पत्याउँदिनथिन् ।
साउथ लेंकारशायरमा बस्ने ३१ वर्षकी महिला इलन म्याकमोनागलले हालै आफ्नो हेमिल्टनस्थित घरबाट गुगल स्ट्रिट भ्यूको माध्यमबाट अलेक्जेण्ड्रियास्थित आफ्नो पुरानो घरको फोटो हेर्दै थिइन् । यही क्रममा उनले आफ्नो पुरानो खाली घरको झ्यालमा बच्चाको अनुहार देखिन् ५ वर्षअघि उनी यो घरमा बस्दा उनकी तीन वर्षकी छोरी हेलीले बेलाबेलामा यो बालक जोनीको बारेमा कुरा गर्थिन् । जब उनले स्ट्रिट भ्यूमा बालकको अनुहार देखिन् तब बल्ल उनलाई छोरीको कुरा विश्वास भयो ।
September 5, 2018 1:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन