प्रधानमन्त्री ओली र प्रचण्ड मन्त्री हेरफेरका विषयमा अान्तरिक छलफलमा
काठमाडाैं, २१ भदाै । सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका शिर्ष नेताहरुसंँग छलफल थालेका छन् सरकारलाई प्रभावकारी बनाउने बिषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको छ । गृहमन्त्री रामबहादुर थापासहित आधा दर्जन मन्त्रीका विषयमा विभिन्न टिप्पणी भएको र प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्र चर्चा भएपछि मन्त्री हेरफेर गर्ने बिषयमा पनि दुई नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि पनि मन्त्रीहरुलाई बारम्बार प्रभावकारी रुपमा काम गर्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच यस बिषयमा छलफल भएपनि निर्णय भने भइनसकेको जानकारी दिए । दुई अध्यक्षबीच सरकारको काम कारवाहीसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोग र पार्टीको एकताका थप कामको विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।
September 6, 2018 12:33 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने