

प्रधानमन्त्री ओली र प्रचण्ड मन्त्री हेरफेरका विषयमा अान्तरिक छलफलमा

काठमाडाैं, २१ भदाै । सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका शिर्ष नेताहरुसंँग छलफल थालेका छन् सरकारलाई प्रभावकारी बनाउने बिषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको छ । गृहमन्त्री रामबहादुर थापासहित आधा दर्जन मन्त्रीका विषयमा विभिन्न टिप्पणी भएको र प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्र चर्चा भएपछि मन्त्री हेरफेर गर्ने बिषयमा पनि दुई नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि पनि मन्त्रीहरुलाई बारम्बार प्रभावकारी रुपमा काम गर्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच यस बिषयमा छलफल भएपनि निर्णय भने भइनसकेको जानकारी दिए । दुई अध्यक्षबीच सरकारको काम कारवाहीसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोग र पार्टीको एकताका थप कामको विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।
September 6, 2018 12:33 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

