सबैको जानकारीको लगाी सेयर गरौं ,मोटो भएर हैरान हुनुहुन्छ, मोटोपन घटाउन अपनाउनुपर्ने ८ महत्वपूर्ण कुराहरू
शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपन भनिन्छ । मोटोपनबाट रोगहरु उत्पन्न हुन्छन् । मोटोपन घटाउन सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्तकोलेस्टेरोल, हृदयघातजस्ता रोगहरुलाई कम गर्न सकिन्छ । मोटा व्यक्तिहरुले जीवनशैली परिवर्तन गर्दा शारीरिक तौल घटाउने लक्ष्य राख्नुपर्छ । १० भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको १÷२ देखि १ किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन । २० उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।
३० बिहान–बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ । सूप खाएपछि पेट चाँडै भरिन्छ । अरू खाद्यपदार्थ कम खाइन्छ । सूपमा चिल्लो भने हाल्नु हुँदैन । कुनै पनि खाद्यपदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ । ४० दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैँ नियमित रूपले निश्चित मात्रामा खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । एकै पल्ट धेरै खाना खानु उचित हुँदैन । ५० भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तै– गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ । ६० बेलुकाको खाना ९डिनर० अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्तहुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।
७० तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ । यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ । योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ ।
८० डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन् । यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ । तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ । डा. प्रकाशराज रेग्मी
September 6, 2018 12:37 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण