पुरा पढ्नुहोस,यसकारण लगाउछन भगवान शिवले बाघको छाला !
भगवान शिव भन्ने वित्तिकै तपाईंलाई एउटा स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका । धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको बर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ ।
के तपाईंले कहिल्यै सोच्नु भएको छ ? शिवजीले बाघको छाला किन लगाए ? : जति पनि तपाईले तस्वीर देख्नु भएको छ त्यसमा शिवजी कित बाघको छाला लगाएको अवस्थामा वा बाघको छालामाथि बसेको अवस्थामा देख्नु भएको छ । आखिर शिवजीले किन बाघको छाला लगाए ? यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ ।
पौराणिक कथा अनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे । यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।

भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरु भगवान शिवप्रति आकर्षित भए । सवै काम छोडेर ऋषि पत्नीहरु शिवजीको पछिलाग्न थालेपछि ऋषिहरु तनावमा परे र उनीहरु शिवसँग क्रोधित भए । तर उनीहरुले निवस्त्र हिड्ने भगवान शिव हुन् भन्ने चिनेनन् ।

त्यसपछि ऋषिहरुले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय रचे । ऋषिहरुले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे । त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति(शिवजी)लाई खाओस् ।

तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरुले ति समान्य व्यक्ति नभएको थाहा पाए । त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।
September 6, 2018 1:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा