Saturday 14th February 2026

मलेसिया जाने र आउने नेपालीका लागि अब आयो दुखद खबर : एयर एसियाले १ वर्षका लागि उडान बन्द गर्ने

7 years अगाडी

मलेसियाको क्वाललम्पुर– काठमाडौं रुटमा नियमित उडान गरिरहेको बजेट एयरलाइन्स एयर एसियाले व्यावसायिक उडान स्थगित गर्ने निष्कर्षमा पुगेको छ। एयरलाइन्सले उडान बन्द गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा आवेदन दिएको छ। वैदेशिक रोजगरीमा जाने कामदार लक्षित गर्दै उडान सुरु गरेको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो।

यही अक्टोबर १३ देखि एक वर्षका लागि उडान स्थगन गर्न कार्यालयमा निवेदन दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। लगातार घाटा भएपछि उडान बन्द गर्ने भन्दै उसले पत्र पठाएको तर कामदारको समस्या समाधान हुने भन्दै बन्द नगर्न सुझाव दिइएको उनले जानकारी दिए।

नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान गर्ने एयरलाइन्सले काठमाडौंबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो। ठूलो जहाजमा जाने यात्रु थोरै भएपछि एयरलाइन्सको व्यापार स्वतः घाटामा गएको क्षेत्रीले बताए। नेपालबाट कामको लागि जानेमाथि ठगी भएको भन्दै सरकारले अहिलेलाई अन्तिम श्रम स्वीकृति रोकेको छ। नेपाली कामदारलाई लाग्दै आएको अतिरिक्त शुल्क नहटेसम्म फुकुवा नगर्ने अडानमा सरकार रहेको छ। हाल यो रुटमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले पनि उडान गरिरहेका छन्।

          September 6, 2018 1:27 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...