हेर्नुहोस चट्टान काटेर १२०० बर्ष भन्दाअघि बनाईएको भगवान गौतम बुद्धको विशाल अद्भुत मूर्ति !
आज संसारभरी करोडौं मानिसहरु शान्तिका अग्रदुत भगवान गौतम बुद्धका अनुयायीहरु छन्। बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए। यिनै शान्तिका अग्रदुत बुद्धका विभिन्न देशमा ठूला-साना मूर्ति-प्रतिमाहरु छन्। ति मध्ये एक हो-चीनको लेशानमा बनेको बुद्ध मूर्ति। ताङ वंश (६१८-९०७)शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१-मीटर (२३३ फीट) ऊँचाईको छ।यो चीनको दक्षिणमा स्थित सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ, दादु र किंग्यी नदीको संगममा स्थित छ। विश्वमा सबैभन्दा अग्लो पत्थरको मूर्ति समेत हो।निर्माणको समय विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति थियो।
विशाल मूर्ति आजभन्दा १२०० देखि १३०० बर्ष अगाडी बनाईएको यो मूर्ति यसकारण पनि खास र बिशेष छ कि -यसलाई पहाडमा रहेको चट्टान काटेर बनाईएको हो। दादु र किंग्यी नदीमा आउने छाल रोकिने विस्वासले चिनियाँ भिक्षु हाइ टमले यो मूर्ति बनाउन शुरु गरेका हुन्।विशाल यो मूर्ति बन्नको लागी ९० बर्ष लागेको थियो। बुद्धको यो एक मूर्ति मात्र नभएर प्राचीन समयको इन्जिनियरिङको अद्भुत चमत्कार पनि हो।पहाडबाट तल झर्ने पानीले कुनै हानी-नोक्सान नपुराओस् भन्ने कुरामा सचेत भएर यो मूर्ति बनाईएको थियो।हजार बर्षअघि जस्तो स्वरुपमा यो मूर्ति थियो आजपनी उस्तै रहेको छ। लाखौं धार्मिक र अन्य पर्यटकहरु यस विशाल बुद्ध मूर्ति अवलोकन गर्न आउने गर्छन्।
September 6, 2018 2:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा