हेर्नुहोस चट्टान काटेर १२०० बर्ष भन्दाअघि बनाईएको भगवान गौतम बुद्धको विशाल अद्भुत मूर्ति !
आज संसारभरी करोडौं मानिसहरु शान्तिका अग्रदुत भगवान गौतम बुद्धका अनुयायीहरु छन्। बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए। यिनै शान्तिका अग्रदुत बुद्धका विभिन्न देशमा ठूला-साना मूर्ति-प्रतिमाहरु छन्। ति मध्ये एक हो-चीनको लेशानमा बनेको बुद्ध मूर्ति। ताङ वंश (६१८-९०७)शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१-मीटर (२३३ फीट) ऊँचाईको छ।यो चीनको दक्षिणमा स्थित सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ, दादु र किंग्यी नदीको संगममा स्थित छ। विश्वमा सबैभन्दा अग्लो पत्थरको मूर्ति समेत हो।निर्माणको समय विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति थियो।
विशाल मूर्ति आजभन्दा १२०० देखि १३०० बर्ष अगाडी बनाईएको यो मूर्ति यसकारण पनि खास र बिशेष छ कि -यसलाई पहाडमा रहेको चट्टान काटेर बनाईएको हो। दादु र किंग्यी नदीमा आउने छाल रोकिने विस्वासले चिनियाँ भिक्षु हाइ टमले यो मूर्ति बनाउन शुरु गरेका हुन्।विशाल यो मूर्ति बन्नको लागी ९० बर्ष लागेको थियो। बुद्धको यो एक मूर्ति मात्र नभएर प्राचीन समयको इन्जिनियरिङको अद्भुत चमत्कार पनि हो।पहाडबाट तल झर्ने पानीले कुनै हानी-नोक्सान नपुराओस् भन्ने कुरामा सचेत भएर यो मूर्ति बनाईएको थियो।हजार बर्षअघि जस्तो स्वरुपमा यो मूर्ति थियो आजपनी उस्तै रहेको छ। लाखौं धार्मिक र अन्य पर्यटकहरु यस विशाल बुद्ध मूर्ति अवलोकन गर्न आउने गर्छन्।
September 6, 2018 2:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन