Saturday 13th September 2025

दिल्लीमा आजदेखि भेटवार्ता सुरु गर्दै प्रचण्ड, यस्तो छ कार्यक्रम

7 years अगाडी

नयाँ दिल्ली, २२ भदौ । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दैछन् ।चारदिने भ्रमणका लागि विहीबार नयाँ दिल्ली गएका नेकपा अध्यक्ष प्रचण्डले आज राजनीतिक भेटघाट थाल्ने बताइएको छ । आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको गर्नेछन् ।

आज गृहमन्त्रीसँगको भेटपछि दाहाल दिउँसो ३ बजे ‘आईसीडब्ल्यूए’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नेछन् ।

सुरुका ३० मिनेट आफ्नो मन्तव्य राखेपछि थप ३० मिनेट प्रश्नोत्तरमा केन्द्रित रहेर प्रचण्डले सहभागीका जिज्ञासा मेट्ने प्रयास गर्नेपनि कार्यतालिका रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि भेटवार्ता हुनेछ ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति/सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर छलफल हुनेछ ।

          September 7, 2018 11:13 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...