दिल्लीमा आजदेखि भेटवार्ता सुरु गर्दै प्रचण्ड, यस्तो छ कार्यक्रम
नयाँ दिल्ली, २२ भदौ । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दैछन् ।चारदिने भ्रमणका लागि विहीबार नयाँ दिल्ली गएका नेकपा अध्यक्ष प्रचण्डले आज राजनीतिक भेटघाट थाल्ने बताइएको छ । आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको गर्नेछन् ।
आज गृहमन्त्रीसँगको भेटपछि दाहाल दिउँसो ३ बजे ‘आईसीडब्ल्यूए’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नेछन् ।
सुरुका ३० मिनेट आफ्नो मन्तव्य राखेपछि थप ३० मिनेट प्रश्नोत्तरमा केन्द्रित रहेर प्रचण्डले सहभागीका जिज्ञासा मेट्ने प्रयास गर्नेपनि कार्यतालिका रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि भेटवार्ता हुनेछ ।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति/सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर छलफल हुनेछ ।
September 7, 2018 11:13 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन