यस्तो मन्दिर जहाँ प्रवेश गर्ने वित्तिकै पुरुष महिला बन्छन्
एजेन्सी। मनोकामना पूरा गनै महिला एवं पुरुष दुवै मन्दिरमा जान्छन्। तर के तपाइँले यस्तो मन्दिर देख्नु भएको छ जुन मन्दिरमा जाँदा पुरुष पनि महिला बन्छन्। यस्तो विचित्रको मन्दिर भारतको केरलस्थित कोललम जिल्लामा छ। मन्दिरको नाम कोेट्टनकुलगंरा श्रीदेवीको मन्दिर हो।
यो निकै प्राचीन मन्दिर हो। यहाँको परम्परा निकै अनौठो छ। यो मन्दिरमा पुरुष महिलाको रुपमा धारण नगरी प्रवेश गर्न पाउँदैनन्। यो देवीको मन्दिर भएका कारण देवीको पूजा गर्ने अधिकार महिलालाई मात्र हुने विश्वास गरिन्छ। यही भएर पुरुष यो मन्दिरमा प्रवेश गर्नु अगाडि महिलाको रुप धारण गर्नुपर्छ। यो मन्दिर भित्र प्रवेश गर्न पुरुषले साडी लगाउनु पर्ने हुन्छ। त्यही मात्रै होइन उनीहरुले १६ श्रृंगार पनि गर्नुपर्छ। त्यसपछि मात्र पुरुष महिला जस्तै देखिन्छन्। यो मन्दिरमा भक्तजनहरु निकै श्रद्धापूर्वक दर्शन गर्न आउँछन्।
पुरुषलाई महिलाको श्रृंगार गर्न मन्दिर परिसरमा एक कोठा बनाइएको छ। जहाँ महिलाको भेषभुसादेखि लिएर महिलाको नक्कली कपालसम्म छन्। केही पुरुषले आफ्नो मनोकामना पूरा होस भनेर महिला श्रृंगारको सामान पनि चढाउँछन्। यो मन्दिरमा कुनै पनि पुरुष सच्चा मनले कुनै फल माग्यो भने उसका सबै मनोकामना पूरा हुने विश्वास गरिन्छ।
यो मन्दिरमा चाम्याविलक्कू उत्सव मनाइन्छ। यो उत्सवमा सहभागी हुने देशका विभिन्न स्थानबाट पुरुषहरु आउँछन्। पुरुषबाहेक यहाँ तेस्रो लिंगीको पनि भीड लाग्छ। तेस्रो लिंगीलाई समानमा तिस्कार हुने र मन्दिरमा सम्मान मिल्ने उनीहरुको भनाइ छ। यो मन्दिर निकै प्राचीन हो र आफ्नो प्राकृतिक स्वरुपमा रहेको छ। यहाँ मन्दिरमाथि कुनै छत पनि छैन भने कुनै कलश पनि छैन।
September 7, 2018 11:50 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन