

म्याग्दी मोनाद्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग

कुवेत, ८ सेप्टेम्बर – कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ ।
कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको समस्याले आफ्नै कोठामा अचेत भएर ढलेपछि उनलाई उपचारको लागि आदान अस्पतालमा भर्ना गरीएको थियो । दुई हप्ता सम्म कोमामा राखेर उपचार गरिएको थियो ।
उनको उपचारमा लागेको सबै खर्च कम्पनीले व्यहोरेको छ । कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराएका गणेशको रेखदेखको लागि कम्पनीले राखुकै रिजन परियारलाई खटाएको थियो । बिगत २ वर्ष देखि कुक्जे कम्पनीमा कार्यरत रहेका गणेश बिरामी हुँदा घरपरिवारको गुजारा चलाउने सपना पनि भताभुंग भएको छ । उनको दायाँ खुट्टा र हात नचल्नुको साथै अहिले सामान्य बोल्न सक्ने भएपनि अझै पूर्ण रुपमा स्मरण गर्ने शक्ति फर्किसकेको छैन् ।
कुवेतको कानुन अनुसार उनले पाउनु पर्ने सबै हिसाब उपलब्ध गराइएको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका तिलक भण्डारी (कमल) ले जानकारी गराउनु भएको छ । उहाँकै संयोजकमा कम्पनीमा रकम संकलन गरि नेपाली रु. ४,६०,००० (चार लाख साठी हजार) गणेशको श्रीमती यु माया थापाको बैंक खातामा जम्मा गराएको र अरु थप रकम पनि संकलन भइरहेको भण्डारीले जानकारी गराउनु भएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

