म्याग्दी मोनाद्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग
कुवेत, ८ सेप्टेम्बर – कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ ।
कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको समस्याले आफ्नै कोठामा अचेत भएर ढलेपछि उनलाई उपचारको लागि आदान अस्पतालमा भर्ना गरीएको थियो । दुई हप्ता सम्म कोमामा राखेर उपचार गरिएको थियो ।
उनको उपचारमा लागेको सबै खर्च कम्पनीले व्यहोरेको छ । कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराएका गणेशको रेखदेखको लागि कम्पनीले राखुकै रिजन परियारलाई खटाएको थियो । बिगत २ वर्ष देखि कुक्जे कम्पनीमा कार्यरत रहेका गणेश बिरामी हुँदा घरपरिवारको गुजारा चलाउने सपना पनि भताभुंग भएको छ । उनको दायाँ खुट्टा र हात नचल्नुको साथै अहिले सामान्य बोल्न सक्ने भएपनि अझै पूर्ण रुपमा स्मरण गर्ने शक्ति फर्किसकेको छैन् ।
कुवेतको कानुन अनुसार उनले पाउनु पर्ने सबै हिसाब उपलब्ध गराइएको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका तिलक भण्डारी (कमल) ले जानकारी गराउनु भएको छ । उहाँकै संयोजकमा कम्पनीमा रकम संकलन गरि नेपाली रु. ४,६०,००० (चार लाख साठी हजार) गणेशको श्रीमती यु माया थापाको बैंक खातामा जम्मा गराएको र अरु थप रकम पनि संकलन भइरहेको भण्डारीले जानकारी गराउनु भएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन