Sunday 13th July 2025

जागेश्वरको सुखद भविष्यको सपना अधुरै ।

7 years अगाडी

मनोज बराल, ताबुक

साउदि अरब – “विदेश जाने, पैसा कमाउने अनी छोरा छोरीलाई राम्रो र उच्च शिक्षा दिलाउने परिवारलाई सुखी खुशी राख्ने” एक बेरोजगार नेपालीको प्राय यही सपना हुन्छ। यस्तै सपनालाई साकार बनाउन दैनिक हजारौको सन्ख्यामा नेपालीहरु विदेश जान वाध्य छन, यही परदेशीको भिडमा सिराहा जिल्ला सिराहा नगरपालिका वडा न ११ भलुवाही स्थाई घर भएका वर्ष ४९ का जागेश्वर शाह २०१० को डिसेम्बर १५ मा सुखद भविश्यको सपना बुन्दै आर्किटेक्चरल फ्याक्ट्रि वर्करको रुपमा साउदी अरब छिरेका थिए । उनले काम गर्ने साउदी अरबको ताबुक स्थित अल अर्मक ट्रेडिङ इन्डस्ट्री एण्ड कन्ट्रक्टिङ कम्पनी बिगत समयमै तलब दिने र राम्रो सुबिधा थियो उनी समय समयमा छुट्टी आउने जाने गरिरहेका थिए, तर बिगत दुई वर्षदेखी कम्पनीले तलब दिन छाड्यो,र जबरजस्ती काम र बासस्थान बाट समेत निकालीदियो घरको अवस्था र आफ्नो ब्यवहारिक बाध्यताले कानुनी बाटो बाट न्याय लिन भन्दा पनि कम्पनी छोडि अन्यत्र काम गर्न थाले जुन साउदीको कानुन अनुसार गैर कानुनी हुन्छ ।

यही क्रममा २०१८ अगष्ट १७ तारिकका दिन ताबुक स्थित जोर्डन रोडमा बाटो काट्ने क्रममा स्थानिय साउदी नागरिकको गाडीले ठक्कर दिदा शाहको दुर्घटना स्थलमै मृत्‍यु भयो । अहिले उनको पार्थिव शरीर ताबुकको किङ खालिद अस्पातलको मुर्दाघरमा रहेको कुरा एनआरएनए साउदीका उपाध्यक्ष तथा लेबर टास्कफोर्सका सम्योजक भक्त बहादुर हमालले बताए। महाबणिज्यदुतावस जेद्धाको कानुनी सहयोगमा उद्धार कार्यमा संलग्न हमालका अनुसार गैरकानुनी कामदार ठहरिएका शाहको उद्दार कार्यमा धेरै कठिनाई ब्यहोर्नु परेको साथै स्थानिय ट्राफिक प्रहरीका अनुसार ७५% मृतक शाहको गल्ती र २५% ठक्कर दिने साउदी नगरिकको गल्ती भएको हुँदा क्षतिपुर्ति नपाउने जनाएको छ । सम्पूर्ण कानुनी प्रकृया पुरा गरी मृतक शाहको पार्थिव शरीर नेपाल पठाइने उपाध्यक्ष हमालले जानकारी दिए ।

मृतक शाहकी पत्नी श्याकुमारी छोरा दिपक शाह र दुई छोरीहरु आफ्नो घरको एकमात्र अभिभावक गुमाउनु पर्दा भावविह्वल भएका छन । एकातिर अभिभावक गुमाउनु पर्दाको पिडा त छदैछ अर्कोतिर घर ब्यवहार चलाऊने एउटै स्रोत आफ्नो बुवाको कमाइ भएको र अब घर कसरी चलाऊने अनी आफ्नो पढाई कसरी पुरा गर्ने भनी चिन्तित रहेको कुरा बि एस सि अध्ययन गर्दै रहेका मृतक जागेश्वर शाहका छोरा दिपक शाहले बताएका छन ।

          September 11, 2018 11:00 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...