समुद्रको गहिराइमा भेटियो यस्तो रहस्यमय वस्तु, वैज्ञानिक नै परे चकीत
एजेन्सी। संसारमा बेलाबेलामा यस्ता रहस्यमय चीज भेटिइरहन्छन् जसको बारेमा जान्दा निकै आश्चर्य हुन्छ । यीमध्ये केही रहस्य यस्ता छन् जसलाई आजसम्म वैज्ञानिकले पनि सुल्झाउन सकेका छैनन् । केही वर्ष पहिले इजिप्टसँग जोडिएको भूमध्य सागरमा वैज्ञानिकहरुले केही यस्तै चीज भेटे जो निकै चकित पार्ने खालका थिए ।
![]()
फ्रान्सका फ्रेंक गडिओ अण्डरवाटर आर्कियोलोजिस्ट हुन् । उनी आफ्नो कामको सिलसिलामा इजिप्टमा थिए । यस क्रममा उनले समुद्रभित्र यस्तो दृश्य देखे जसले उनलाई निकै आश्चर्यचकित बनायो । हजारौं वर्ष पहिले इजिप्टको जुन शहरको नामनिशान मेटिएको थियो त्यो शहरको अवशेष उनले समुद्रको गहिराइमा भेटे ।
![]()
हेराक्लिन नामको शहरको खोज इसापूर्व ८०० मा गरिएको थियो । तर प्राकृतिक प्रकोपका कारण त्यसको १६०० वर्षपछि सन् ८०० मा यो शहर पूरै समुद्रमा डुबेको थियो । केहीले त यो शहर एकाएक गायब भएको पनि भन्छन् । अहिले यो शहर एकाएक समुद्रभित्र भेटिएको थियो । खोजका क्रममा समुद्रभित्र शहरको अवशेषका साथ कैयौं अवशेष र बहुमूल्य सामान भेटिएका छन् ।
![]()
यी सामान देख्दा वैज्ञानिक नै तर्सिएका थिए । शहर डुबेको १२०० वर्षपछि कडा मेहनतबाट यी अवशेषलाई बाहिर निकालियो । यहाँ भेटिएका केही मूर्तिहरु सय फिटसम्म अग्ला थिए । यी मूर्ति देख्दा अनुमान पनि गर्न सकिन्न कि त्यो समयमा यी मूर्तिहरु कसरी बनाइए होलान् । अब यो शहरका फोटोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।
September 11, 2018 11:19 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन