बोकाको नाम ‘सलमान खान’, मूल्य : पाँच लाख रुपैयाँ
बलिउडमा डेब्यू भएदेखि नै कुनै न कुनै कारण चर्चामा आइरहने कलाकारमा पर्छन् सलमान खान । कहिले हिट एण्ड रन, कहिले कृष्णसारको शिकारजस्ता काण्डहरुका कारण चर्चामा आउँछन् त कहिले आफ्ना फिल्महरुको व्यावसायिक सफलताका कारण मिडियामा छाइरहन्छन् । दर्शकहरुकाबीच अत्यन्त लोकप्रिय सलमानको बलिउडमा एकातर्फ सबैभन्दा ठूलो फ्यान फलोइङ छ भने अर्कोतर्फ उनको नाम बेचेर व्यापार गर्नेहरुको कमीसमेत छैन ।
उत्तर प्रदेशको गोरखपुरमा आजभोलि एउटा बोका निकै चर्चामा रहेको छ । खासमा उसको मालिकले उसको नाम सलमान खान राखेपछि त्यो बोकाले चर्चा कमाइरहेको हो । यही अगस्ट २३ गते मुसलमान समुदायको महान चाड इद अल अधा रहेको छ र त्यो बोका इदका लागि बिक्रीमा रहेको छ । जसको मूल्य त्यसका मालिकले पाँच लाख राखेका छन् । सलमानलाई निकै मेहनत लाएर पालिएकाले त्यसको मूल्य महँगो भएको मालिकले बताएका छन । इद आउन अब मात्र २ दिन बाँकी रहँदा सलमानका मालिकले भनेअनुसारको मूल्य भने पाउनेछन् छैनन् हेर्न बाँकी छ ।
September 11, 2018 6:28 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन