वर्षौंसम्म सबैले सम्झे गाइको गोठ, भित्र हेर्दा पुलिसकै उड्यो होस
एजेन्सी। इङल्याण्डको एशबोर्नमा मानिसहरुले एउटा पुरानो टिनको छाप्रोलाई गौशाला सम्झिरहेका थिए । तर, एक दिन पुलिसले यहाँ छापा मारेर जाँच गर्दा होस उडाउने सत्य खुल्यो । गौशालाजस्तो देखिने यो छाप्रोभित्रको दृश्य कुनै महलभन्दा कम थिएन । जाँचमा थाहा भयो कि यौ टिनको छाप्रोभित्र ६ कोठाको शानदार बंगला बनेको थियो जहाँ संसारभरका सबै सुविधा उपलब्ध थिए ।
पुलिस शंकाको आधारमा यहाँ छापा मार्न पुगेको थियो । जाँचमा थाहा भयो कि यो शानदार छाप्रो एक ड्रग्स डिलरको हो । एलन योमंस नामका ड्रग डिलरको यो सम्पत्तिको मूल्य साढे १३ करोड रुपैयाँ भएको बताइएको छ । पुलिसका अनुसार जेलबाट छुटेपछि यी ड्रग डिलरले आफूसँग गैरकानुनी कर्माको कुनै सम्पत्ति नभएको र आफू टाट पल्टिएको घोषणा गर्दै बाँकी जिन्दगी आमाको जमिनमा भएको टिनको छाप्रोमा बिताउने बताएका थिए । त्यतिबेला उनले आफूसँग ५ सय पाउण्ड (झण्डै ७० हजार नेपाली रुपैयाँ) बराबरको सम्पत्ति मात्र रहेको बताएका थिए । तर पुलिसले छापा मार्दा वास्तविकता अर्कै निस्कियो ।

एलनको यो सबै सम्पत्ति गैरकानुनी हो । यो सम्पत्ति पुलिसले पहिल्यै थाहा पाएको भए पहिल्यै जफत गरी सरकारीकरण गरिसक्थ्यो । तर, पुलिसले जफत गरेर सरकारीकरण गर्नबाट जोगाउन एलनले चलाखीपूर्वक यहाँ छाप्रोभित्र सबै सुविधा व्यवस्था गरेका थिए ताकि पुलिसले छाप्रो ठानेर कुनै शंका नगरोस् । उनको यो चलाखीले केही समय काम पनि गर्यो किनकि २ वर्षसम्म कसैले पनि यहाँभित्र बहुमूल्य वस्तु भएको शंका गरेनन् ।

छाप्रोभित्र आलिशान इन्टिरियरका साथमा बहुमूल्य प्राचीन एन्टिक वस्तुहरु, विदेशी मदिरा, महंगा घडीहरु र लग्जरी फर्निचरसमेत संसारभरका तमाम ऐश आरामका चीजहरु थिए । यसमा लाखौं मूल्यको महारानी एलिजाबेथको १६ औं शताब्दीको दुर्लभ पेन्टिङ र ४० लाख मूल्यको रोलेक्स घडीसमेत थिए । ड्रग डिलर एलनलाई ड्रग तस्करीको आरोपमा सजाय सुनाइएको थियो । उनले अवैध रुपले कमाएको धनबाट यी सबै चीज किनेका थिए ।

पुलिसका अनुसार उनले आफ्नो भविष्यको योजना अन्तर्गत यो घर डिजाइन गराएका थिए । ताकि यो बाहिरबाट हेर्दा गाइको गोठजस्तै देखियोस् तर भित्र संसारभरका तमाम सुविधा उपलब्ध होउन् । यसबाट २ वर्षसम्म मानिसहरु बेवकुफ बनिरहे । पुलिसका अनुसार यहाँ भेटिएका बहुमूल्य सामानलाई अब लिलामी गर्ने तयारी गरिएको छ ।
September 12, 2018 2:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन