सुन ल्याउँदा कति भन्सार तिर्नुपर्छ ?
१८ जेठ, काठमाडौं । सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि कर भने तिर्नुपर्नेछ । अब विदेशबाट फर्किँदा कर तिरेर सय ग्राम अब सुन ल्याउन पाइने छ ।
५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुनपर्ने यसअघिको व्यवस्थाबारे आर्थिक विधेयकमा केही भनिएको छैन ।अब ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।
५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५०ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिए ।
‘कुल सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ,’ ती अधिकारीले भने,’सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत गरिनेछ ।’
अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश सकेको छैन । यसका कारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।
भन्सार विभागका अधिकारी भने आर्थिक विधेकयले सुन मात्रै भनेकाले अब गहना पनि भन्सार नतिरी ल्याउन नपाइने तर्क गरिरहेका छन् ।
June 3, 2018 1:48 pm | Uncategorized,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन