साउदीमा हरितालिका तीज मनाइयो |
शुक्र मोक्तान
साउदि अरब – साउदीको पूर्वी सहर दम्माममा एक कार्यक्रम गर्दै नेपाली नारीहरुले तीज मनाएका छन् | ऋषि पंचमी शुक्रबारका दिन पारि आज उक्त कार्यक्रम आयोजना गरिएको हो । अल खयाम रेष्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रमको आयोजना “नेपाली दिदि बहिनी समुह दम्माम” ले गरेको थियो | कार्यक्रमलाई दुइ भागमा विभाजन गरेर संचालन गरेका थिए भने कार्यक्रमलाई पुस्त चाम्लिङ राईले गरेका थिए ।
कार्यक्रममा नेपाली राजदूतावास रियादका पूर्वी प्रान्त दम्माम स्थानिय कर्मचारी हरि घिमिरे प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने विशेष अतिथिहरु दुताबासकै प्रतिनिधिहरु रमा शर्मा, सरिता भट्टराई र अस्मिता अधिकारी रहेका थिए | त्यस्तै अतिथिका रुपमा साउदीमा रहेका विभिन्न संघ संस्था र संचार क्षेत्रका प्रतिनिधिहरु रहेका थिए भने कार्यक्रमको सभाध्यक्ष तुलशी गुरुङले गरेकि थिइन ।

सभाध्यक्षको साथमा प्रमुख अतिथि र विशेष अतिथिहरुले संयुक्त दीप प्रज्वलन र व्यानर अनावरण गरि उद्घाटन गरि राष्ट्रिय गानको धुन संगै कार्यक्रम सुरुवात भएको थियो भने दिलु राईले स्वागत मन्तव्य राखेका थिए | तत्पश्चात उपस्थित अतिथिहरुले शुभ कामना मन्तव्य राखेका थिए | मन्तव्यकै क्रममा प्रमुख अतिथि हरि घिमिरेले नेपाली नारीहरुको पर्व तीजको विशेष कार्यक्रममा साउदी जस्तो मुलुकमा धेरै भन्दा महिलाहरु उपस्थित गराएकोमा आयोजकलाई धन्यवाद दिंदै तीजको शुभ कामना व्यक्त गरेका थिए भने कार्यक्रम सफल बनाउन उक्त कार्यक्रममा उपस्थित भएका सबै जनालाई धन्यवाद दिंदै पहिलो चरणको कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकारहरुले आ-आफ्नो कला गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने त्यसको साथमा सामुहिक नृत्यहरू समेत रहेका थिए | साउदी जस्तो मुलुकमा पनि नेपाली पर्व मनाउन पाउँदा सबै उपस्थित भएका नेपालीहरु खुशी देखिन्थे भने कार्यक्रममा बस्नलाई कुर्सी अपुग हुने गरि नेपालीहरु उपस्थित भएका थिए ।
September 15, 2018 12:42 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन