कुवेतवासी नेपाली चेलीहरुले भब्यरुपमा तिज मनाए
माधब शाही –
कुवेत – कुवेतवासी नेपाली चेलीहरुले भब्यरुपमा तिज मनाए । नेपाल कुवेत साँस्कृतिक मन्चको आयोजनामा कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा तिज बिशेष कार्यक्रम गरी भब्यरुपमा मनाएका हुन् ।
मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत धर्मपत्नी रीता हमालको प्रमुख अतिथित्व रहेको थियो भने बिशेष अतिथीमा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको रहेको थियो । अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने ,एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कुवेतमा रहेर आफ्नो कला र गला भएका कलाकारहरुलाई समेट्दै नेपाली सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्दै नयाँ बर्ष, तिज बिशेष तथा नेपाली चाडपर्बहरु दसैं, तिहार लगाएतमा बिभिन्न सांस्कृति कार्यक्रमहरुको आयोजनाको साथमा कुवेतको नेपाली समाजमा हातेमालो गरिरहेको नेपाल कुवेत सांस्कृति मञ्चले कुवेतमा रहेका नेपाली दिदी-बहिनीहरु लाई ध्यानमा राखी प्रवासमा भएपनी माइतीको आभाष दिलाउन १७ औं प्रस्तुती स्वरुप तिज बिशेष-२०७५ कार्यक्रम आयोजना गरेको हो ।
डोलराज न्यौपानेले मन्तब्यबाट अतिथीहरुलाई स्वागत गरेका थिए भने टिकाराम आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
नेपाली राजदुतावास कुवेतका राजदुत धर्मपत्नी रीता हमाल ,राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा,पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने ,एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल, नेपाल कुवेत साँस्कृतिक मञ्चका संरक्षक सुजन के सी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सांस्कृति मञ्चले कुवेतवासी नेपाली चेलीहरुलाई नेपाली परम्परागत खानाका स्वादिष्ट परिकारहरु शेलरोटि, खिर, अचार र पुलाउ दर स्वरुप खुवाउदै तिजका विभिन्न भाकाहरुमा छमछम्ती नचाएको थियो ।
कार्यक्रम हल खचा-खच भरियको थियो भने उपस्थित दिदी-बहिनीहरु उल्लास मय देखिन्थिए । ५०० जना भन्दा बढी उपस्थित चेलीहरु रातो साडी छड्के तिलहरीमा सजिएर आएका थिए ।प्रवेश शुल्क सबैलाई निशुल्क गरीएको थियो ।
सथानीय लोक गायक डोलराज न्यौपानेले ‘माइती मेरा हराई गए’, माधब शर्माले ‘हङकङको साडी’ बोलको गीतको प्रस्तुतीले चेलीहरुलाई कम्मर मर्काई मर्काई नचाउन सफल भयका थिए । राज श्यांबोले ‘वारी जमुना पारी जमुना’ बोलको गीत पस्केका थिए । नबिन श्रेष्ठको कमीडी नृत्य र अश्मी तामांगको एकल नृत्य लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीले थप मनोरंजन प्रदान गरेको थियो ।
मञ्चले भुमा रसाइली , मिरा पौडेल ,बिशाल सुनुवार , कृष्ण सुनुवार लाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । सभापती गोबिन्द बरालको मन्तब्य संगै कार्यक्रमको समापन भयको थियो ।
September 15, 2018 1:24 am | टप,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने