जानी राखौ,लक्ष्मीलाई के के चढाएर खुसी पार्न सकिन्छ ?
हिन्दु धर्ममा लक्ष्मीलाई धनकी देवी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु प्रस्तुत गरिएको छ । जानी राखौ :-
१. घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनुपर्छ ।
२. श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ ।
३. पारोले बनाइएका जुनसुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मुर्ति राख्नु निक्कै फलदायी मानिन्छ ।
४. लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।
५. चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनुपर्छ ।
६. श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ ।
७. कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ । यसले घरमा धनको वृद्धि हुने मानिन्छ ।
September 15, 2018 3:33 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा